सिरहा। प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
सिरहाको अर्नामा गाउँपालिका–१ ईस्लामपुरबाट आज दिउँसो प्रहरीले प्रतिबन्धित गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा अर्नामा गाउँपालिका–१ ईस्लामपुरका ३२ वर्षीय मोहम्मद सकिल र नरहा गाउँपालिका–१ देविपुरका ३५ वर्षीय राजिन महरा रहेका छन्।
मोहम्मद सकिलको घरमा प्लास्टिकको बोरामा लुकाएर राखेको तयारी अवस्थाको प्रतिबन्धित १२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले गोप्य सूचनाको आधारमा सकिलको घरमा खोजतलास गरेपछि गाँजा बरामद भएको सिरहाका प्रहरी प्रम्ख, एसपी उमाप्रसाद चर्तुवेदीले बताए।
" /> सिरहा। प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।सिरहाको अर्नामा गाउँपालिका–१ ईस्लामपुरबाट आज दिउँसो प्रहरीले प्रतिबन्धित गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

">