काठमाडौं। आज बिहानै प्रहरीले ‘तपस्वी’ भनेर चिनिने रामबहादुर बमजनलाई पक्राउ गर्न लागिएको खबर प्रवाह गर्यो।
सर्लाही जिल्ला अदालतबाट बमजनलाई पक्राउ गर्ने अनुमति लिइएको र पक्राउ गर्न सिन्धुलीस्थित बमजनको आश्रममा प्रहरी पुगिसकेको खबर थियो, त्यो।
तर, यस्तो खबर प्रहरीका औपचारिक च्यानलबाट प्रवाह भएका थिएनन्। प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालका निकटस्थहरूबाट प्रवाह गरिएको त्यो खबर निकै पछि मात्र प्रहरीका औपचारिक च्यानलहरूले पुष्टि गरे।
जसै यो समाचारको पुष्टि भयो, त्यतिञ्जेल घटनाक्रम अर्कै तवरले विकसित भइसकेका थिए। अर्थात्, प्रहरीसँग अब भन्न बाँकी एउटा कुरा मात्र थियो– ‘बमजन उनको आश्रममा भेटिएनन्।’
“अदालतले बमजनविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि सर्लाही प्रहरीले हिजो २३ माघ राति बमजनलाई पक्रेर बुझाउन हामीलाई आग्रह गरेको थियो”, सिन्धुली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रञ्जु सिग्देलले देखापढीसँग भनिन्, “त्यहीअनुसार बमजन आश्रममै छन् भन्ने सूचना पाएकाले हामीले बिहान ६ बजे नै त्यहाँ छापा मार्यौं। तर, पूरै सर्च अप्रेसन गर्दा पनि उनी कतै भेटिएनन्।”
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८, बेसारे भन्ने ठाउँमा बमजनको आश्रम छ। ४० विघाभन्दा धेरै क्षेत्रफलमा फैलिएको आश्रमलाई चारैतिरबाट पर्खाल र काँडेतारले घेरिएको छ।
“त्यो त किल्लाजस्तो रैछ, त्यहाँभित्र पसेर सबैतिर सर्च गर्दा पनि बमजन फेला परेनन्”, एसपी सिग्देलले भनिन्, “स्थानीय व्यक्ति र आश्रममा बस्नेहरूले पनि हामीलाई सहयोग गरेनन्।”
बेसारेमा रहेको बमजनको आश्रममा छापा मार्न सिन्धुली प्रहरी पुगेको देखिए पनि यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को प्रमुख भूमिका थियो। आईजीपीले कसैलाई नसोधी सिधै परिचालन गर्न सक्ने विशिष्टीकृत ‘विङ’ हो, सीआईबी। तर, आईजीपी र सीआईबीकै प्रत्यक्ष ‘कमाण्ड’ रहेको यो ‘अप्रेसन’ किन यसरी असफल भयो? कसरी सजिलै उम्किए बमजन?
‘खेलाँची अप्रेसन’
६ दिनपछि अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सक्रियता २३ माघमा अप्रत्यासित रूपमा बढेको थियो।
धेरैले घर जान लागेका आईजीपीको यो सक्रियताको भेउ पाएनन्। पाउनु पनि कसरी! आईजीपीको सक्रियताबारे प्रहरी प्रधान कार्यालयभित्रका विभागीय प्रमुखहरूलाई नै थाहा थिएन। आफ्ना ‘विश्वासपात्र’हरूलाई मात्र संलग्न गराएर उनी केही ‘हिट’ गर्ने तयारीमा थिए।
त्यसको पटाक्षेप दिउँसो सर्लाहीमा भयो।
३० भदौ २०७५ मा सामुदायिक रेडियो प्रशारक संघको ललितपुरस्थित कार्यालयमा रौतहटबाट आएकी एक किशोरीले पत्रकार सम्मेलन गरेर बमजनले आफूमाथि बलात्कार गरेको बताएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बमजनविरुद्ध बाल यौन शोषणको जाहेरी दर्ता भयो। जाहेरी कसले दर्ता गर्यो भनेर सर्लाही प्रहरीले बोल्न मानेन। “बाल यौन दुर्व्यहारमा जाहेरी परेपछि हामीले आवश्यक अनुसन्धानका लागि पक्राउ गर्न अदालतबाट अनुमति लियौं”, सर्लाही प्रहरी प्रमुख, एसपी विश्वमणि पोखरेलले देखापढीसँग भने, “पक्राउ अनुमति पाएपछि सिन्धुली प्रहरीसँग सहयोग लिएका हौं, बाँकी कुरा बोल्न मिल्दैन।”
जाहेरी परेपछि सिन्धुली प्रहरीमार्फत् बमजनको आश्रममा छापा मारे पनि प्रहरी रित्तो हात फर्केको छ।
प्रहरी नेतृत्वले जति हलुका रूपमा यो प्रकरणलाई ‘ह्याण्डल’ गर्न खोज्यो, त्यही नै प्रमुख कमजोरी रहेको प्रहरीकै उच्च अधिकृतहरू बताउँछन्।
त्यसबारे बुझ्न झण्डै डेढ वर्ष पछाडि फर्कनुपर्छ।

त्यही नै पहिलो घटना थियो, जसबाट तपस्वीको भेषमा बमजनले गर्दै आएका कृत्य पहिलो पटक सार्वजनिक जानकारीमा आए। ती किशोरीलाई प्रहरीले एक संस्थाको रेखदेख र संरक्षणमा पठायो। क्रमशः बमजनमाथि हत्या र व्यक्ति बेपत्ता पार्ने कार्यमा संलग्न रहेका आरोपहरूसमेत लाग्दै गए।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले यसबारे अनुसन्धान अघि बढायो। तर, झण्डै डेढ वर्षसम्म केही भएन।
बमजनलाई पक्राउ गरेर मुद्दा चलाउन दबाब बढ्यो। त्यो दबाब प्रहरी प्रधान कार्यालयमात्र नभई गृह मन्त्रालयसम्म पुग्यो। तर, गृहमन्त्री रामबहादुर थापाले यसमा ‘ग्रिन सिग्नल’ दिएनन्।
प्रहरी प्रधान कार्यालयमा कार्यरत एक वरिष्ठ प्रहरी अधिकृतले भने, “जुन समुदायले बमजनलाई ‘लिटिल बुद्ध’ मानेको छ, यति सजिलै त्यो समुदायले बमजनको गिरफ्तारी सहन सक्दैन, त्यसबारे अहिले केही नगरौं भन्ने गृहमन्त्रीज्यूको भनाइ थियो।”
प्रहरीले बमजनलाई पक्राउ गर्ने एउटा गतिलो अवसर पर्खिरहेको थियो। त्यो अवसर आउँदो चैत महीनामा जुर्दै थियो। कारण, बमजनबाट बलात्कृत भएकी किशोरी चैतमा १८ वर्ष पूरा हुँदै थिइन्।
प्रहरी स्वयंसँग पनि बमजनबिरुद्धका ‘सोलिड’ प्रमाण थिएनन्। पक्राउ गरे पनि बमजन सजिलै छुट्न सक्ने भय प्रहरी अधिकृतहरूमा थियो। “त्यसो हुँदा एकातर्फ प्रमाण जुटाउन थप कठिन हुन्थ्यो, अर्कोतर्फ पीडितमाथि झन् खतरा आइलाग्थ्यो”, ती प्रहरी अधिकृतले भने, “त्यही भएर सोलिड प्रमाण नजुटेसम्म बमजनलाई चलाउनु हुन्न भन्ने थियो।”
प्रहरीले बमजनलाई पक्राउ गर्ने एउटा गतिलो अवसर पर्खिरहेको थियो। त्यो अवसर आउँदो चैत महीनामा जुर्दै थियो। कारण, बमजनबाट बलात्कृत भएकी किशोरी चैतमा १८ वर्ष पूरा हुँदै थिइन्। “बालिग भएपछि उनले आफैं दिने जाहेरीले सोलिड प्रमाणको काम गर्थ्यो ”, ती अधिकृतले भने, “अब ती किशोरीको सुरक्षामा समेत थप खतरा पैदा भएको छ।”
आफ्नो कार्यकालभरि विवादमा परेका र उल्लेख्य उपलब्धिबेगर अवकाश पाउन लागेका आईजीपी खनालले घर जाने बेला ‘काम देखाउन’ खोज्दा यस्तो भएको ती अधिकृतको भनाइ छ।
जसरी रौतहट हत्याकाण्डमा रौतहट प्रहरीले गरेको कामको जस आफैंले लिने प्रयास प्रहरी नेतृत्वले गरेको थियो, त्यसकै पुनरावृत्ति यो प्रकरणमा पनि भयो। आईजीपी खनालले ‘बमजनमाथिको अनुसन्धानले गति नलिएपछि आफ्नै मातहत विशेष टोली बनाएर अनुसन्धान गरेको’ प्रचार गरेका थिए।
आईजीपी खनालले आउँदो २९ माघमा प्रहरी नियमावलीको ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाश पाउँदैछन्। नियमावली बदलेर कार्यकाल थप्ने उनको दौडधुप भने चलिरहेको प्रहरी अधिकृतहरू नै बताउँछन्।
पढ्नुहोस्
रामबहादुर बमजन भेटिएनन्, आश्रममा छापा मारेको प्रहरी रित्तो हात
बाल यौन शोषणको कसुरमा बमजनलाई पक्राउ गर्न अदालतको अनुमति
" /> काठमाडौं। आज बिहानै प्रहरीले ‘तपस्वी’ भनेर चिनिने रामबहादुर बमजनलाई पक्राउ गर्न लागिएको खबर प्रवाह गर्यो।सर्लाही जिल्ला अदालतबाट बमजनलाई पक्राउ गर्ने अनुमति लिइएको र पक्राउ गर्न सिन्धुलीस्थित बमजनको आश्रममा प्रहरी पुगिसकेको खबर थियो, त्यो।

">