मोरङ: उखुबारीमा भेटियाे युवतीकाे शव

माेरङ। मोरङको विराटनगर महानगरपालिका-१२ मा हत्या गरिएको अवस्थामा २४ वर्षीया युवतीको शव फेला परेको छ।

मलङवा भन्ने स्थानकाे उखुबारीमा युवतीको शव भेटिएको हो। उनको घाँटीमा चोट देखिएको छ।

आज बिहान सवा १० बजेको समयमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी मानवहादुर राईले जानकारी दिए।

“शव अहिले पनि घटनास्थलमा नै छ। मुचुल्का उठाउने लगायतका काम भइरहेको छ”, उनले भने, “घटनाको अनुसन्धान भइरहेको छ। अहिले नै के भएको भन्ने खुलिसकेको छैन।”

प्रहरीले घटनास्थल नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए। मृतकको सनाखत भएको छैन।

प्रतिक्रिया दिनुहोस्