काठमाडौं। राजश्व चुहावट मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गर्ने एक जना अधिवक्तालाई प्रहरीले पक्राउ गरेको छ।
अपराध महाशाखाको टोलीले आज दिउँसोको काठमाडौं बबरमहलबाट अधिवक्ता टंकबहादुर राना मगरलाई पक्राउ गरेको हो।
महाशाखाका एसएसपी सहकुल थापाका अनुसार वकील रानाले राजश्व चुहावट मुद्दामा थुनामा रहेका रमेश दाहाललाई छुटाइदिने भन्दै उनको परिवारबाट ४२ लाख रकम लिएका थिए।
माइतीघर मण्डल नजिकै जन न्यायिक कानूनी सेवा सञ्चालन गर्दै आएका अधिवक्ता राईले २४ साउन २०७६ मा ४२ लाख रकम लिएका थिए।
रकम लिएर पनि नछुटाएपछि दाहालको परिवार ठगिएको भन्दै उजुरी दिन अपराध महाशाखा पुगेका थिए।
आवश्यक अनुसन्धान पश्चात वकील रानालाई आज पक्राउ गरिएको एसएसपी थापाले देखापढीलाई जानकारी दिए।
राजश्व चुहावट मुद्दा लागेका राकेश दाहालसँग २ करोड २५ लाख रूपैयाँ धरौटी माग भएको थियो।
उनले उक्त रकम बुझाउन नसकेपछि नख्खु कारागार चलान भएका थिए। दाहाललाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २७ मंसिर २०७५ मा पक्राउ गरेको थियो।