विराटनगर। बलात्कारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथिको मुद्दामा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतले दोस्रो पटक आठ दिनको म्याद दिएको छ।
एसएसपी राणालाई आज दोस्रो पटक सुनसरी जिल्ला अदालत उपस्थित गराइएको थियो।
अदालत पुर्याइएका एसएसपी राणा उपरको जबरजस्ती करणीको आरोपमा अनुसन्धानका लागि जिल्ला न्यायाधीश शंकरप्रसाद राईको इजलासले आठ दिन म्याद थपको आदेश गरेको हो।
म्याद थप पश्चात राणालाई जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ। यौन हिंसाको किटानी जोहेरीपश्चात एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ।
राणाउपर पीडित महिलाले इटहरीको एक होटलमा जबरजस्ती करणी गरेको आरोपसहित प्रहरीमा उजुरी दिएकी थिइन्।
पढ्नुहोस्
निलम्बित एसएसपी राणालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति
बलात्कारको आरोप लागेका एसएसपी राणा प्रहरी नियन्त्रणमा, म्याद थप्न अदालत लगिंदै
यौन शोषणको आरोपमा निलम्बित एसएसपी राणालाई पक्राउ गर्ने तयारी
यौन दुर्व्यवहारको आरोपमा एसएसपी सौरभ राणा निलम्बित
" /> विराटनगर। बलात्कारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथिको मुद्दामा अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतले दोस्रो पटक आठ दिनको म्याद दिएको छ।एसएसपी राणालाई आज दोस्रो पटक सुनसरी जिल्ला अदालत उपस्थित गराइएको थियो।

">