कोरोना भाइरसको प्रकोपबारे पहिलो जानकारी दिने डाक्टरको मृत्युसम्बन्धित मुद्दाबारे छानविन हुँदै

काठमाडौं। राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेन्लियाङको मृत्युसम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक निरीक्षण समूह पठाउने निर्णय गरेको छ ।

सञ्चारमाध्यमहरूले जनाएअनुसार चिकित्सक लीले सबैभन्दा पहिले वुहानमा नयाँ कोरोना भाइरस सङ्क्रमणले प्रकोपको स्वरूप लिने सम्भावना रहेको भन्दै यसप्रति विश्व स्वास्थ्य संगठन तथा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।

निरीक्षण समूह पठाउने निर्णयलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले अनुमोदन गरेको आयोगद्वारा आज आफ्नो वेबसाइटमा प्रकाशित विज्ञप्तिमा उल्लेख छ। वुहानको केन्द्रीय अस्पतालका नेत्र रोग विशेषज्ञ लीको डाक्टरको प्रयासका बावजुद कोरोना भाइरस सङक्रमित भएपछि आज बिहान मृत्यु भएको हो ।

राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले एक विज्ञप्तिमार्फत् लीको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

एनएचसीले व्यक्तिगत चुनौती र जोखिमबीच महामारी नियन्त्रणको नेतृत्व गरिरहेका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति बिशेष आभार प्रकट गर्दै उनीहरूको राज्यबाट उच्च मूल्याङ्कन भएको उल्लेख गरेको छ।

यसबाहेक वुहान नगरपालिका प्रशासनले पनि लीको मृत्युप्रति शोक व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्