काठमाडौं। बाल यौन शोषणको आरोप लागेका रामबहादुर बमजनलाई पक्राउ गर्न सिन्धुलीस्थित उनको आश्रममा पुगेको प्रहरी रित्तो हात फर्केको छ।
सर्लाही जिल्ला अदालतबाट २३ माघमा बमजनलाई पक्राउ गर्ने अनुमति लिएर सिन्धुलीको कमलामाई नगरपालिका-८, बेसारेस्थित बमजनको आश्रम पुगेको प्रहरीले उनलाई फेला पार्न सकेन।
आफूलाई तपस्वीका रुपमा चिनाउँदै आएका बमजनमाथि अनुयायीमाथि यौन शोषणसँगै हत्याको आरोपसमेत छ।
“सर्लाही प्रहरीले पक्राउ पूर्जी पाएपछि बमजनलाई पक्रेर बुझाउन आग्रह गरेको थियो, त्यही अनुसार हामीले आज बिहानै ६ बजे उनको आश्रममा छापा मार्यौं”, सिन्धुली प्रहरी प्रमुख, एसपी रञ्जु सिग्देलले देखापढीसँग भनिन्, “हामीले पूरै सर्च गर्यौं, तर उनी भेटिएनन्।”
प्रहरीले कमलामाईसँग सीमा जोडिएका अन्य ठाउँ र जंगलमा समेत बमजनको खोजी जारी राखेको एसपी सिग्देलले बताइन्।
पढ्नुहोस्:
बाल यौन शोषणको कसुरमा बमजनलाई पक्राउ गर्न अदालतको अनुमति
" /> काठमाडौं। बाल यौन शोषणको आरोप लागेका रामबहादुर बमजनलाई पक्राउ गर्न सिन्धुलीस्थित उनको आश्रममा पुगेको प्रहरी रित्तो हात फर्केको छ।सर्लाही जिल्ला अदालतबाट २३ माघमा बमजनलाई पक्राउ गर्ने अनुमति लिएर सिन्धुलीको कमलामाई नगरपालिका-८, बेसारेस्थित बमजनको आश्रम पुगेको प्रहरीले उनलाई फेला पार्न सकेन।

">