काठमाडौं। कोरोना भाइरसको प्रकोप फैलन सक्ने चेतावनी दिएका एक चिनीयाँ डाक्टरको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका डा. लि वेन्लियाङ् वुहान सेन्ट्रल अस्पतालमा कार्यरत थिए। डा. वेन्लियाङ्लाई त्यहीँ नै सङ्क्रमण भएको अस्पतालले जानकारी दिएको छ।
३४ वर्षीय डा. वेन्लियाङले डिसेम्बर ३० मा कोरोनाको संक्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए। तर प्रहरीले उनलाई 'अनर्गल टिप्पणी नगर्न' चेतावनी दिएको थियो। नयाँ वर्ष नजिकिँदै गर्दा वुहान शहरमा चिनियाँ अधिकारीहरूले कोरोना भाइरससँग सम्बन्धित समाचार ढाकछोप गर्न खोजेका थिए।
चीनको पीपल्स डेलीले डा. वेन्लियाङ्को मृत्यु स्थानीय समयानुसार आज विहान करीब तीन बजे भएको जनाएको छ। ग्लोबल टाइम्स, पीपल्स डेली र चीनका अन्य सञ्चारमाध्यमले हिजो नै उनको मृत्यु भएको समाचार प्रकाशित गरेका थिए। शुरूमा स्थानीय समयानुसार राति ९:३० बजे उनलाई मृत घोषित गरिएको थियो।
डा. वेन्लियाङको मृत्युको खबरपछि चिनियाँ सामाजिक सञ्जाल वेबोमा उनीबारे ठूलो चर्चा भयो। पीपल्स डेलीले डा. लिको मृत्युका कारण "राष्ट्रिय शोक" उत्पन्न भएको भन्दै ट्वीट गर्यो। तर त्यही बेला ग्लोबल टाइम्सले डा. लिको स्थिति गम्भीर भएको तर उनको शरीरमा अक्सिजन उपलब्ध गराउन विशेष विधिबाट उपचार भइरहेको विवरण दियो।
अस्पतालमा उपस्थित पत्रकार र चिकित्सकहरूले सञ्चारमाध्यमलाई बताएअनुसार सरकारी अधिकारीहरूले हस्तक्षेप गरेर डा. लि जीवित भएको समाचार प्रकाशित गर्न भनेका थिए। त्यसपछि सरकारी सञ्चारमाध्यमहरूले डा. लिको मृत्यु भएको समयमा परिवर्तन गरे।
चीनमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा ६३६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। त्यस्तै ३१ हजार भन्दा बढीलाई संक्रमण भएको छ। बीबीसीबाट
" /> काठमाडौं। कोरोना भाइरसको प्रकोप फैलन सक्ने चेतावनी दिएका एक चिनीयाँ डाक्टरको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका डा. लि वेन्लियाङ् वुहान सेन्ट्रल अस्पतालमा कार्यरत थिए। डा. वेन्लियाङ्लाई त्यहीँ नै सङ्क्रमण भएको अस्पतालले जानकारी दिएको छ।३४ वर्षीय डा. वेन्लियाङले डिसेम्बर ३० मा कोरोनाको संक्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए। तर प्रहरीले उनलाई 'अनर्गल टिप्पणी नगर्न' चेतावनी दिएको थियो। नयाँ वर्ष नजिकिँदै गर्दा वुहान शहरमा चिनियाँ अधिकारीहरूले कोरोना भाइरससँग सम्बन्धित समाचार ढाकछोप गर्न खोजेका थिए।

">