चितुवाको आक्रमणबाट नौ वर्षीया बालिकाको मृत्यु
<p>कास्की। चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ।</p>
<p>गएराति पोखरा महानगरपालिका-३२ कोठेगाउँका नौ वर्षीया पूजा विकको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक नरहरि अधिकारीले बताए।</p>
<p>अभिभावकले बालिका फेला नपारेपछि स्थानीयवासी र प्रहरीले खोजो गर्ने क्रममा घर नजिकैको जंगलमा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। </p>
<p>प्रहरी र स्थानीयवासीले चितुवाको खोजी गरिरहेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
