कार सिकाउने क्रममा दुर्घटना हुँदा एकको मृत्यु
बैतडी। चलाउन सिकाउँदै गरेको कार दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन्।

मृत्यु हुनेमा कारधनी दशरथचन्द नगरपालिका-४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।

सो दुर्घटनामा कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन्।

बा. ६ प ९१९९ नम्बरको कार दशरथचन्द नगरपालिका-२ देहीमाडौँस्थित घुसल्ला मोड नजिककै निर्माणाधीन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटना भएको हो।

दुर्घटनाग्रस्त कार मैदानभन्दा करीब १०० मिटर तल खसेको छ। रासस

प्रतिक्रिया दिनुहोस्