भीमदत्तनगर। कंचनपुरको भीमदत्त नगरपालिका-३ भाषीमा ११ किलोग्राम चरेससहित तीन जना पक्राउ परेका छन्।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले केदारस्यु गाउँपालिका-६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल नगरपालिका-२ का २३ वर्षीय जयबहादुर धामीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले २३ माघमा पक्राउ परेका उनीहरुबारे अनुसन्धान भइरहेको बताए। रासस
" /> भीमदत्तनगर। कंचनपुरको भीमदत्त नगरपालिका-३ भाषीमा ११ किलोग्राम चरेससहित तीन जना पक्राउ परेका छन्।प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले केदारस्यु गाउँपालिका-६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल नगरपालिका-२ का २३ वर्षीय जयबहादुर धामीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले २३ माघमा पक्राउ परेका उनीहरुबारे अनुसन्धान भइरहेको बताए। रासस
">