काठमाडौं। घाना, जापान, माल्दिभ्सलगायत मुलुक लैजाने प्रलोभनमा सय युवाबाट पाँच करोड रूपैयाँभन्दा बढी ठगीधन्दामा संलग्न बीएन्डबी एचआर म्यानेजमेन्टका सञ्चालक अजय तामाङलाई प्रहरीले कुनै कारबाही नगरी छाडेको छ।
वैदेशिक रोजगार विभागको २४ पुसको पत्रपछि पीडितको सहयोगमा तामाङ २२ माघमा टोखाबाट पक्राउ परेका थिए।
पक्राउपछि तामाङलाई प्हरी वृत्त वानेश्वरकव् हिरासत कक्षमा राखिएको थियो। तर, वृत्तले उनीविरुद्ध अनुसन्धान नै नगरी २३ माघमा छाडिदिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।
वृत्त प्रमुख डीएसपी दुर्गाराज रेग्मीले भरपर्दा प्रमाण नभएपछि छाडिएको बताए।
“तामाङलाई हिरासतमा लिएका हौँ तर भरपर्दो प्रमाण भेटिएन। न जाहेरी नै पर्यो। त्यसैले अनुसन्धान गर्न आवश्यक देखिएन”, उनले भने।
बूढानीलकण्ठ-६ का ४० वर्षीय मोहन कार्कीले भने, “बी एन्ड बी म्यानपावरबाट ठगिएपछि हामीले यसका सञ्चालकविरुद्ध विभागमा जाहेरी दियौँ। विभागले सञ्चालक तामाङविरुद्ध पक्राउ पुर्जी नै जारी गर्यो। सोही पुर्जीका आधारमा हाम्रै सहयोगमा प्रहरीले पक्राउ पनि गर्यो। हाम्रो फसेको रकम असुल हुनेछ भन्ने सोचेका थियोैं, तर प्रहरीले अनुसन्धान नै नगरी छाडिदियो।”
तामाङविरुद्ध वैदेशिक रोजगार विभागले आवश्यक कारबाही गर्न भन्दै पत्र लेखेको थियो।