काठमाडौं। प्रहरीको 'फेक इन्काउन्टर'मा मारिएका नेत्रविक्रम चन्द समूहका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलका परिवारले दश जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्।
शान्तिका लागि साझा अभियान (कोक्याप) र मानवअधिकार संगठन नेपालको पहलमा हत्या गरिएका पौडेलकी आमाले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दिएकी हुन्।
पौडेलकी आमा सर्लाही बागमति नगरपालिका २ बस्ने ७० वर्षीया दुर्गादेवी पौडेलले दश जनाका विरुद्ध किटानी जाहेरी प्रहरी कार्यालयमा दिएकी हुन्।
प्रदेश नम्बर २ का तत्कालीन डीआईजी हरिबहादुर पाल, जिल्ला प्रशासन कार्यालय सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, तत्कालीन एसपी गोपाल भट्टराई, इलाका प्रहरी कार्यालय लालबन्दिमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने, इप्रका नवलपुरमा कार्यरत प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाहीमा कार्यरत चिकित्सक डा. वीरेन्द्र कुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत रही प्रहरी महानिरीक्षकबाट खटाइएका प्रहरी हवल्दार सत्यनारायण मिश्र, अर्का प्रहरी हवल्दार विनोद शाह, प्रहरी महानिरीक्षकबाट नै खटाइएका घटनामा मुख्य सुटर प्रहरी निरीक्षक कृष्णदेव साह र बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध किटानी जाहेरी दिएकी हुन्।
मानवअधिकारकर्मी ईन्द्र अर्याल, बद्री भुषाल र चरण प्रसाईंको पहलमा आज जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी परेको हो।
“पीडित दुर्गादेवीले १० जनाका विरुद्ध किटानी जाहेरी दिनुभएको छ”, अधिवक्ता ईन्द्र अर्यालले देखापढीसँग भने, “जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखले जाहेरी बुझेका छन्। पीडितले उक्त जाहेरी मुद्दा शाखा गएर बुझाएका छन्।”
पीडित दुर्गादेवीले गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथी पनि अनुसन्धान गर्नुपर्ने माग गरेकी छिन्।
“गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा मेयर भरतबहादुर थापा, बसन्तराज भट्टराई, कमल बुढाथोकी र प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतिको सल्लाह बमोजिम मेरो छोरालाई हत्या गरिएको छ”, जाहेरीमा उनले भनेकी छिन्, “सो सम्बन्धमा यस जाहेरीमा किटानी गरिएका प्रतिवादीहरुबाटसमेत खुलाई पाउँ।”
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जाहेरी दर्ता नभएको बताए। “भवितव्य मुद्दा चलिरहेको छ। अर्को आउने कुरो नै हुँदैन”, एसपी पोखरेलले देखापढीसँग भने, “केही मानवअधिकारकर्मीसहितको टोली आएको थियो, मैले मुद्दा लिन मिल्दैन भनें। त्यसपछि उनीहरू फिर्ता गए।”
उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३३(१)(२)(३) दफा ३५, ३६ को साथै मुलुकी अपराध संहिता २०७४ को दफा १७७ अन्तर्गत अनुसन्धान गरि सो अपराधमा सोही संहिताको दफा १७७(२) अन्तर्गतको सजायँको माग गरेकी छिन्।
५ असारमा मारिएका कुमार पौडेलको हत्यामा संलग्नलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले समेत सरकारलाई निर्देशन दिएको थियो। ५ कात्तिकमा आयोगले पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै संलग्नलाई कारबाहीको सिफारिस गरेको थियो।
आयोगले प्रहरी प्रधान कार्यालय, नक्सालको प्रत्यक्ष निर्देशन र प्रदेश २ को प्रहरी कार्यालयको समेत समन्वयमा परिचालित भएका प्रहरीले नियन्त्रणमा लिएर बल प्रयोग गर्दै ९ राउण्ड गोली हानेर पौडेलको हत्या गरेको अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाएको थियो।
प्रहरीले दाबी गरेजस्तो भिडन्त भएको वा आत्मरक्षाका लागि गोली चलाउनुपरेको अवस्था नदेखिएको तथा घटनाको प्रकृति र संकलित प्रमाणबाट पौडेललाई नियन्त्रणमा लिएर मारिएको आयोगको निष्कर्ष थियो।
आयोगको सिफारिस पश्चात गृह मन्त्रालयले १९ माघमा प्रहरी प्रधान कार्यालयलाई प्रहरी निरीक्षक कृष्णप्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई कानूनअनुसार कारबाही गर्न निर्देशन दिइसकेको छ।
गृह मन्त्रालयले घटनामा संलग्न प्रहरी कर्मचारीलाई मात्रै कारबाही गर्न भनेको छ। तर, आयोगले भने प्रहरी प्रधान कार्यालय, नक्सालको प्रत्यक्ष निर्देशन र प्रदेश २ को प्रहरी कार्यालयको समेत समन्वयमा परिचालित भएका प्रहरीले हत्या गरेको निष्कर्ष निकालेको थियो।
कुमार पौडेलको इन्काउन्टरमा प्रहरी प्रधान कार्यालयबाट र प्रदेश २ को प्रहरी कार्यालयका कर्मचारीको समेत संलग्नता पुष्टि भएपछि उनीहरूलाई निर्देशन दिने प्रहरी नेतृत्वलाई समेत कारबाहीको सिफारिस गरेको थियो।
तर, गृह मन्त्रालयले भने घटनामा संलग्न भएका प्रहरीलाई मात्रै कारबाहीको सिफारिस गरेको छ।
घटनास्थलमा खटिएका प्रहरीले नेतृत्वकै आदेश पालना गरी पौडेलको हत्या गरेको भए पनि नेतृत्वको जवाफदेहिता भने खोजिएको छैन।
गृहमन्त्रालयले घटनामा संलग्नलाई मात्रै कारबाहीको निर्देशन दिएकै बेला पौडेलकी आमाले १० जना विरुद्ध किटानी जाहेरी दिएकी हुन्।
सर्लाहीको बागमती नगरपालिका–२ बस्ने कुमार पौडेलको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगल नजिक पर्ने कच्ची सडकको बाँसघारी मुनि हत्या गरिएको थियो।
" /> काठमाडौं। प्रहरीको 'फेक इन्काउन्टर'मा मारिएका नेत्रविक्रम चन्द समूहका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलका परिवारले दश जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्।शान्तिका लागि साझा अभियान (कोक्याप) र मानवअधिकार संगठन नेपालको पहलमा हत्या गरिएका पौडेलकी आमाले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दिएकी हुन्।

">