काठमाडौं। सन्तोष तामाङको दुई गोलमा त्रिभुवन आर्मी क्बलले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २–१ ले पराजित गरेको छ। जितसँगै त्रिभुवन आर्मी पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ।
आजै चाँडो गरी भएको खेलमा मछिन्द्र क्लबले रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको सरस्वती युथ क्लबमाथि ६–१ को नतिजा निकाल्दै शीर्ष स्थानमा उक्लिएको थियो। तर, त्रिभुवन आर्मीले एपीएफलाई हराइदिएपछि मछिन्द्रको शीर्षता लामो समय रहन पाएन।
जितसँगै त्रिभुवन आर्मीको २६ अंक भएको छ। लिगमा दुई खेल बाँकी रहँदा दोस्रो स्थानको मछिन्द्रले २५ अंक जोडेको छ। मछिन्द्रको खासमा २६ अंक हो। तर, गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेका कारण मछिन्द्रको एक अंक घटाइएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत सिजन रेलिगेशनको प्रावधान हटाएर पुछारमा रहने दुई टीमको नयाँ सिजन क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेको थियो।
एन्फाले गत सिजन दुई टीमको अंक घटाउने निर्णय गरे पनि जारी सिजन भने एक टीम मात्र रेलिगेशन हुने प्रावधान राखेको छ। जहाँ अहिले सरस्वती युथ क्लब रहेको छ। सरस्वती युथको चार अंक मात्र छ। जुन एपीएफको भन्दा एक अंकले कम हो। एपीएफ पाँच अंकको साथ पुछारबाट दोस्रो स्थानमा छ।
त्रिभुवन आर्मीले अब ब्रिगेड ब्वाइजसँग खेल्नेछ भने मछिन्द्रले संकटा क्लबसँग खेल्ने छ। त्रिभुवन आर्मी र मछिन्द्रले दुबैले अबको खेल जिते लिगमा अन्तिम चरणको खेलले उपाधिको टुंगो लगाउनेछ। एपीएफले अब फ्रेण्ड्स र बिग्रेड ब्वाइजसँग खेल्न बाँकी छ।

त्रिभुवन आर्मीले दुबै गोल पहिलो हाफमा गरेको थियो। १६औं मिनेटमा सन्तोष तामाङले गरेको गोलमा त्रिभुवन आर्मीले अग्रता लिएको थियो। एपीएफका रक्षक रमेश दंगालले भरत खवासलाई फाउल गरेपछि त्रिभुवन आर्मीले पेनाल्टी अवसर पाएको थियो।
पेनाल्टीमा सन्तोषले हानेको प्रहार एपीएफका गोलकिपर राजु योगीले रोकेका थिए। तर, रिबाउन्डमा प्राप्त बललाई सन्तोषले पोष्टको दिशा दिए। ३७औं मिनेटमा आशिष तामाङले बराबरी गोल फर्काए। राजीब लोप्चनको कर्नरमा रमेश दंगालले हेडमार्फत् मिलाइदिएको पासमा आशिषले गोल गरेका हुन्। जारी लिगमा आशिषको यो छैटौं गोल हो। जुन सबभन्दा धेरै गोल गर्ने सन्तोष साहुखलको भन्दा एक गोलले कम हो।
सन्तोषले ४१औं मिनेटमा फ्रिकिकमा गरेको गोल त्रिभुवन आर्मीको जितमा निर्णायक बन्यो। एपीएफका गोलकिपर पेनाल्टी क्षेत्रबाहिर आएर पञ्च गरेपछि त्रिभुवन आर्मीले फ्रिकिक पाएको थियो। यससँगै लिगमा सन्तोषको चार गोल भयो।