काठमाडौं। जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेका नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजुलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ।

जिल्ला अदालत ललितपुरले खिउजुलाई पक्राउ गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंह चन्दले जानकारी दिइन्।

अदालतबाट पक्राउ अनुमति पाएसँगै प्रहरीले उनलाई पक्रिने तयारी गरेको छ। आफू विरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी परेपछि उनी फरार रहेका छन्। ललितपुर प्रहरीले उनको खोजी जारी शुरू गरिसकेको छ।

“अदालतले पक्राउ अनुमति दिइसकेको छ”, प्रवक्ता चन्दले भनिन, “छिट्टै पक्राउ गरेर हिरासतमा राखेर हामी अनुसन्धान गर्छौं।”

ललितपुरको महाँकालकी २१ वर्षीया एक युवतीले २२ माघमा खिउजुविरुद्ध ललितपुर प्रहरी परिसरमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले उनको हिजो नै स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ।

३० माघ २०७५ मा सेक्युरिटी गार्डमा आवेदन दिन आवश्यक पर्ने प्रहरी रिपोर्ट बनाउन महानगरीय प्रहरी वृत, चापागाउँ गएका बेला आफूमाथि डीएसपीले कार्यकक्षमै जबरजस्ती गरेको पीडित युवतीले किटानी जाहेरीमा उल्लेख गरेकी छिन्। युवतीले शुरूआतदेखि नै आफूमाथि भएको जबरजस्ती करणीको घटनाको उजुरी दिन खोजे पनि प्रहरीले लिन मानेको थिएन।

पीडितले न्यायका लागि प्रहरी उच्च अधिकारीसम्म पुगेर घटनाबारे जानकारी गराएपछि चापागाउँमा कार्यरत रहेकै बेला डीएसपी खिउजुले स्वेच्छिक अवकाश दिएका थिए।

केहीदिन अघि बलात्कार आरोपमै संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत प्रहरीका वरिष्ठ उपरीक्षक सौरभ राणासमेत पक्राउ परेका छन्। उनलाई हिरासतमा राखेर प्रहरीले जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेका नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजुलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ।

जिल्ला अदालत ललितपुरले खिउजुलाई पक्राउ गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंह चन्दले जानकारी दिइन्।

अदालतबाट पक्राउ अनुमति पाएसँगै प्रहरीले उनलाई पक्रिने तयारी गरेको छ। आफू विरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी परेपछि उनी फरार रहेका छन्। ललितपुर प्रहरीले उनको खोजी जारी शुरू गरिसकेको छ।

“अदालतले पक्राउ अनुमति दिइसकेको छ”, प्रवक्ता चन्दले भनिन, “छिट्टै पक्राउ गरेर हिरासतमा राखेर हामी अनुसन्धान गर्छौं।”

ललितपुरको महाँकालकी २१ वर्षीया एक युवतीले २२ माघमा खिउजुविरुद्ध ललितपुर प्रहरी परिसरमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले उनको हिजो नै स्वास्थ्य परीक्षणसमेत गरिसकेको छ।

३० माघ २०७५ मा सेक्युरिटी गार्डमा आवेदन दिन आवश्यक पर्ने प्रहरी रिपोर्ट बनाउन महानगरीय प्रहरी वृत, चापागाउँ गएका बेला आफूमाथि डीएसपीले कार्यकक्षमै जबरजस्ती गरेको पीडित युवतीले किटानी जाहेरीमा उल्लेख गरेकी छिन्। युवतीले शुरूआतदेखि नै आफूमाथि भएको जबरजस्ती करणीको घटनाको उजुरी दिन खोजे पनि प्रहरीले लिन मानेको थिएन।

पीडितले न्यायका लागि प्रहरी उच्च अधिकारीसम्म पुगेर घटनाबारे जानकारी गराएपछि चापागाउँमा कार्यरत रहेकै बेला डीएसपी खिउजुले स्वेच्छिक अवकाश दिएका थिए।

केहीदिन अघि बलात्कार आरोपमै संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत प्रहरीका वरिष्ठ उपरीक्षक सौरभ राणासमेत पक्राउ परेका छन्। उनलाई हिरासतमा राखेर प्रहरीले जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ।

"> बलात्कार आरोप लागेका पूर्वडीएसपीलाई पक्राउ गर्न अदालतको अनुमति: Dekhapadhi
बलात्कार आरोप लागेका पूर्वडीएसपीलाई पक्राउ गर्न अदालतको अनुमति

प्रतिक्रिया दिनुहोस्