काठमाडौं। नेपाली सेनाले १५० जना अधिकृत क्याडेड (सेकेन्ड लेफ्टिनेन्ट)को भर्ना खोलेको छ।
नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले रिक्त रहेका १५० जना अधिकृत क्याडेडको भर्ना आह्वान गरेको हो। उक्त पदमा भर्ना हुन प्रविणता प्रमाणपत्र तह अथवा १२ कक्षा पास वा सो सरहको हुनुपर्ने योग्यता तोकेको छ।
सेनाले खुल्लातर्फ ७९ जना, महिला १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १० र पिछडिएको क्षेत्रतर्फ ३ जनाको भर्ना आह्वान गरेको जनाएको छ। सेनामा वहाल रहेकाहरूलेसमेत सहभागी हुन सक्ने जनाइएको छ। त्यसका लागि सैन्य आधार तालिम लिएको हुनुपर्ने मापदण्ड तोकेको छ।
सेनाको आधिकारिक वेवसाइटमा गएर अनलाइनमार्फत् दरखास्त दिन सक्ने जनाइको छ।
" /> काठमाडौं। नेपाली सेनाले १५० जना अधिकृत क्याडेड (सेकेन्ड लेफ्टिनेन्ट)को भर्ना खोलेको छ।नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले रिक्त रहेका १५० जना अधिकृत क्याडेडको भर्ना आह्वान गरेको हो। उक्त पदमा भर्ना हुन प्रविणता प्रमाणपत्र तह अथवा १२ कक्षा पास वा सो सरहको हुनुपर्ने योग्यता तोकेको छ।

">