अमेरिकाकाे कानूनसम्बन्धी प्रमुख १६ जर्नलका प्रधान सम्पादकमा पहिलाेपटक सबै महिला <p>काठमाडाैं।&nbsp;अमेरिकाको कानूनसम्बन्धी मुख्य १६ वटा जर्नलको प्रधान सम्पादकमा पहिलोपटक सबै महिला नियुक्त भएका छन्।</p> <p>१६ जना प्रधान&ndash;सम्पादक वासिङ्टन डीसीको प्रमुख प्राज्ञिक संस्था &lsquo;ड्युक इन डीसी&rsquo; मा भेला भएका थिए। त्यहाँ आयोजित &lsquo;कानूनी क्षेत्रमा महिलाको प्रगतिको सम्मान&rsquo; सम्मेलनमा उनीहरू सहभागी भएका थिए।</p> <p>अमेरिकी संविधानको १९औं संशोधन भएको एक सय वर्ष र अमेरिकामा कानून व्यवसायको क्षेत्रमा महिलाले पहिलोपटक प्रवेश गरेको १५०औं वर्ष पुगेको अवसरमा ती प्रधान-सम्पादकले सामूहिक रूपमा &lsquo;महिला र कानून&rsquo; विषयक जर्नल पनि प्रकाशन गरेका छन्। जर्नलमा प्रकाशित सबै १४ शोध लेख &lsquo;कानून र न्यायका क्षेत्रमा महिला&rsquo; विषयमा महिलाले नै लेखेका हुन्।&nbsp;</p> <p>१८ अगस्त १९२० मा भएको अमेरिकी संविधानको १९औं संशोधनले संघीय र प्रान्तिय सरकारलाई लिंगका आधारमा मतदानमा भाग लिन विभेद गर्न रोक लगाएको थियो। यो संशोधनपछि मात्रै महिलाहरूले पनि चुनावमा भोट खसाल्ने अधिकार पाएका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्