काठमाडौं। अकिब इलियास र मोहम्मद नादीमले अर्धशतक बनाएपछि ओमानले आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको अमेरिकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको थियो। २१४ रनको लक्ष्य ओमानले ४९.३ ओभरमा चार विकेट गुमाएर पुरा गरेको हो।
ओमानले ओपनर जतिन्दर सिंहलाई शुरूमै गुमाए पनि खवार अली र इलियासले टीमको इनिङ उकासेका थिए। दुईले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे। अलीले ३१ रन बनाए।
त्यसपछि इलियासले कप्तान जशीन मकसूदसँग तेस्रो १७ रनको साझेदारी गरे भने नादीमसँग चौथो विकेटका लागि ६४ रनको साझेदारी गरे। इलियासले ११० बलमा ६ चौका र दुई छक्कासहित ७२ रन बनाए। कप्तान मकसूदले ११ रन जोडे।
अविजित ५५ रन बनाएका नादीमले सुरज कुमारसँग पाँचौं विकेटका लागि अविजित ६३ रनको साझेदारी गर्दै ओमानलाई ६ विकेटको जित दिलाए। सुरज ३३ रनमा अविजित रहे।

त्यसअघि इयान होल्यान्डको अर्धशतक बनाएपछि अमेरिकाले २१३ रन बनाएको थियो। अमेरिकाले शुरूका चार विकेट चाडै गुमाएको थियो। तर, होल्यान्ड र अक्षय होमराजले पाँचौं विकेटका लागि ८२ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ उकासे।
होल्यान्डले ७८ बलमा सात चौकासहित ६५ रन बनाए। अक्षयले ५३ बलमा तीन चौका र दुई छक्कासहित ४४ रन बनाए। मोनाक पटेलले १९, तिमिल पटेलले १६, जेभियर मार्सलले १३, कप्तान सौरभ नेत्रभाल्करले अविजित १४ र एरोना जोन्सले १२ रन जोडे
ओमानका मोहम्मद नादीमले तीन विकेट लिए भने अकिब इलियास, जीशन मकसूद र बलिल खानले समान दुई विकेट लिए। कालिमुल्लाहको नाममा एक विकेट रह्यो।
जितसँगै ओमानले अमेरिकासँग अंक बराबरी गरेको छ। तथापी, ओमानले एक खेल कम खेलेको छ। अमेरिकाले नौ खेलबाट १२ अंक जोडेको छ भने ओमानले आठ खेलमात्र जोडेको छ। रनरेटका आधरमा ओमान दोस्रो स्थानमा छ। ओमानले २२ माघमा नेपाललाई १८ रनले पराजित गरेको थियो।
अमेरिकाले अब २५ माघमा नेपालविरुद्ध खेल्नेछ।