काठमाडौं। सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा कसैप्रति पूर्वाग्रह नराखिएको प्रष्टिकरण दिएका छन्। मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले विगतमा भएको घटनाबारे थाहा पाएपछि यो सरकारले कारबाही मात्र थालेको बताए।
"यो घटना आजको हैन। सरकारले थाहा पाएपछि कारबाही अघि बढाएको हो", बाँस्कोटाले भने। उनले जग्गा अनियमिततामा संलग्नहरुलाई तीन श्रेणीमा विभाजन गरेर मुद्दा चलाइएको बताए।
सरकारी सेवासुविधा लिएर ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेल्ने, मोही दाबी गरेर सार्वजनिक जग्गा पहिले आफ्नो नाममा गराउनेहरू र हाल उक्त जग्गामा स्वामित्व भएकाहरुलाई मुद्दा चलाइएको उनले बताए।
अनाधिकृतरुपमा कब्जा गरिएका करीब ५०० विघा राज्यको जग्गा सरकारले फिर्ता गरिसकेको र ललिता निवासमा भएको कारबाही पनि त्यसैको निरन्तरता भएको उनको भनाई थियो।
" /> काठमाडौं। सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा कसैप्रति पूर्वाग्रह नराखिएको प्रष्टिकरण दिएका छन्। मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले विगतमा भएको घटनाबारे थाहा पाएपछि यो सरकारले कारबाही मात्र थालेको बताए।"यो घटना आजको हैन। सरकारले थाहा पाएपछि कारबाही अघि बढाएको हो", बाँस्कोटाले भने। उनले जग्गा अनियमिततामा संलग्नहरुलाई तीन श्रेणीमा विभाजन गरेर मुद्दा चलाइएको बताए।

">