एउटा कुरा के देखियो भने अलिअलि अतिशयोक्तिपूर्ण ढंगले भन्नुभएछ भन्ने जसरी खुला कुरा राख्नुभयो, एकदम ‘फ्रिली’ राख्नुभयो। यसर्थ कि यहाँ कुनै बारबन्देज छैन, कुनै अप्ठ्यारो, असहज केही पनि छैन। अथवा हामी एउटा स्वतन्त्र समाजमा छौं। हामी स्वतन्त्र समाजमा बाँचिरहेका छौं र स्वतन्त्र समाजमा बाँच्छौं भन्ने तपाईंहरूको बोलाइ र अभिव्यक्तिबाट पुष्टि भएको छ। यो हाम्रो समाजमा स्वतन्त्रतामा त्यस्तो केही खतरा छैन भन्ने व्यवहारिक संपुष्टि हो।
पहिलो कुरा त प्रेस स्वतन्त्रताको सम्बन्धमा र मिडियाको स्वतन्त्रताको सम्बन्धमा म सरकारको तर्फबाट तपाईंरूलाई पूर्ण रूपमा आश्वस्त हुन आग्रह गर्दछु। प्रेस स्वतन्त्रतामा कुनै प्रकारको वा किञ्चित पनि बन्देज हुँदैन। र, प्रेस स्वतन्त्रतालाई सीमित गर्ने वा प्रेस स्वतन्त्रताका हकहरू, कुनै पनि प्रकारका प्रकाशन र मुभमेन्ट आदि स्वतन्त्रताका हकहरू कुनै पनि कुण्ठित गरिंदैन।
म आफैं ५५ वर्ष स्वतन्त्रताको निम्ति लडेको छु, मानवअधिकारको निम्ति लडेको छु। मानवअधिकार र स्वतन्त्रताको अभाव कस्तो हुन्छ ? त्यो साथीहरूले अलि बढी देख्नुभएको छ तर, थोरै भोग्नु भएको छ। मानवअधिकारको अभाव कस्तो हुन्छ ? मैले आफैं धेरै त्यो भोगेको छु। त्यसकारण म साथीहरूलाई फेरि पनि भन्न चाहन्छु, यसमा तपाईंहरूले आशंकित हुनुपर्ने वा चिन्ता लिनुपर्ने अवस्था होइन र, छैन। कुनै हिसाबले कुनै कुरामा छलफलको क्रममा गलत गएको छ भने त्यसलाई सच्याउन नसकिने कुरा छैन। कुनै कुरा यदि त्रुटिपूर्ण भएको छ भने पूर्ण स्वतन्त्रता हुन्छ र मिडियाको स्वतन्त्रता अनवरत हुन्छ।
एउटा कुरा के भने कहीँ केही कानून, केही केही रेष्टिक्सन्का कुराहरू सभ्य समाजका निम्ति आवश्यक पर्ने या राख्नुपर्ने हुन्छ। हामी सभ्य समाज निर्माण गर्न चाहन्छौं। मैले आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रता हनन् हुनु भएन। मैले आफ्नो सम्मानको कुरा गर्दा अर्कोलाई अपमान गरिरहनु भएन। मैले आफ्नो अधिकारको कुरा गर्दा अर्काको अधिकारको अपहेलना वा त्यसको उल्लंघन गर्नु भएन। यी कुराहरूप्रति हाम्रो सजगता आवश्यक छ।
योे चाहिँ प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने विषय होइन। प्रामाणिक र जिम्मेवार ढंगले एउटा सभ्य एवं सुसंस्कृत प्रस्तुति होस् भन्ने आकाङ्क्षा हो। कसैको वैयक्तिक जीवन, कसैको पारिवारिक जीवन र कसैको कारोबारमा अनुचित ढंगले क्षति पुर्याउने हिसाबले कुरा भयो भने के गर्ने ? मान्छेमा राम्रै मात्र मनसाय हुन्छ भन्न त सकिंदैन, नराम्रो मनसाय पनि कसैको हुन सक्ला। त्यस्तो भयो भने के गर्ने त ? कसैले कसैको पारिवारिक स्थितिलाई डामाडोल पार्नेगरी कुरा गर्यो, कसैले कसैको विजनेस डामाडोल पार्नेगरी झुटो सम्प्रेषण गर्यो भने त्यसका निम्ति सच्याउने बाटो होला अथवा त्यसलाई त्यस्तो नगर्नु भनेर रोक्नुपर्ने अवस्था होला। हामीसँग बाटोमा हिंड्ने भन्ने अधिकार त छ। तर, बाटोमा कसरी हिंड्ने भन्ने कुरा त हुन्छ नि, एउटा सभ्यता त हामीसँग चाहियो नि !
म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु– लेख्न तपाईंहरू स्वतन्त्र हुनुहुन्छ तर, मान्छेको ज्यान मारेर, विध्वंस र आंतक मच्चाएर, आंतककारी क्रियाकलाप गरेर पैसा असुल्ने जस्ता क्रियाकलापलाई बढावा दिने काम कृपया नगरौं। किनभने, यो हामी सबैका लागि हानीकारक कुरा हो।
एउटा विकसित देश र अर्को विकसित देशलाई हेर्दा एउटा विकाससँगै सभ्यतामा गर्व गर्छ, अर्को विकासमा मात्रै गर्व गर्छ। म देशको नाम नलिऊँ तर, एउटामा शालीनता र विनम्रता छ। कुरा गर्दाखेरि यसो झुकेर कुरा गर्छ, अर्कोमा त्यो खालको केही पनि हुँदैन। एउटामा सामाजिक मूल्यहरू माथि हुुन्छन्, अर्काेमा सामाजिक मूल्यहरू कम हुन्छन्। हामीले एउटा सभ्य समाज सिर्जना गर्न खोजेका हौं।
हामीले नेपाललाई समृद्ध मात्र बनाउन खोजेका होइनौं। हामीले सभ्य, मानवीय, मानवतायुक्त, मानवीय भावनायुक्त र पारस्परिक सहयोगात्मक सम्बन्ध भएको त्यस्तो समाज निर्माण गर्न खोजेका हौं। त्यतातर्फ हामी सबैका प्रयासहरू केन्द्रित हुनुपर्छ। यसमा प्रेस स्वतन्त्रता जस्तो कुरालाई कुण्ठित गरिएको या गर्न खोजेको भन्ने कुरा होइन। यसलाई प्रेस स्वतन्त्रताको संकुचनसँग जोड्ने अथवा यसलाई अझ लगेर स्वतन्त्रताका हकहरूको संकुचन अथवा लोकतन्त्रको प्रश्नसँग लगेर जोड्नु हुँदैन। अघि गुणराज लुईँटेलजीले भन्नुभयो, हामी त वैशाख ११ गते राति शाही घोषणा भएपछि सडकमा निस्किएका थियौं...। के अहिलेको अवस्था त्यस्तै हो त ? मान्छेले रिस उठ्दा के गर्छ भने कहिलेकहिले यस्तो अतिशयोक्ति साहित्यमा हुन्छ। यसो भनाभन पर्छ, तँलाई मार्दिन्छु भन्छ। तर, त्यो साँचो भनेको चाहिँ होइन। साँच्चै हो भने त मार्दिउँला भनेको धेरै सिरियस कुरा हो नि ! अब म तँलाई मार्दिन्छु भन्छ। त्यो त्यति साँचासाँचै भनेको हुँदैन। अलिक झोंक चलेको बेलामा कहिलेकहिले पत्रकारहरूले त्यस्तै गरिदिनुहुन्छ। गुणराजजीको अभिव्यक्ति मलाई त्यस्तै त्यस्तै लाग्यो।
गुणराजजी, अहिले देश त्यहाँ पुग्यो र ? के हामी साँच्चै त्यहीँ छौं त ? के हामी त्यसरी निस्कने बेला भयो त ? अथवा त्यस्तै बन्द समाज छ त ? हामी त्यस्तै कफ्र्यू र त्यस्तै तानाशाहीमा बाँचेका छौं ? यो साँचो हो र ? नेपाल पहिले कहिल्यैभन्दा शान्ति सुव्यवस्थाको राम्रो स्थितिमा छ। यो त साँचो हो नि ! कमसेकम समाजमा तपाईंहरूले देख्नु भएको छ नि !
यद्यपि विप्लव नामकोे एउटा समूह पैसा लुट्नको लागि पोलिटिक्सका नाममा आंतक मच्चाएर हिंड्छ। म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु– लेख्न तपाईंहरू स्वतन्त्र हुनुहुन्छ तर, मान्छेको ज्यान मारेर, विध्वंस र आंतक मच्चाएर, आंतककारी क्रियाकलाप गरेर पैसा असुल्ने जस्ता क्रियाकलापलाई बढावा दिने काम कृपया नगरौं। किनभने, यो हामी सबैका लागि हानीकारक कुरा हो।
ए बाबा ! तपाईंहरू अरुलाई सहिष्णु हुनपर्छ, सुन्नुपर्छ, सुन्नै नसक्ने भन्ने ? मैले चाहिँ तपाईंहरूसँग राम्रा कुराको प्रशंसा गर्ने मुटु छैन भन्दाखेरि उत्पात मच्चाउने ! फेरि किन तपाईँहरूमा त्यस्तो असहिष्णुता छ ?
नेपालमा अब कुन व्यवस्थाका लागि रिभोल्युसन भनेको ? कस्तो व्यवस्थाको लागि रिभोल्युसन ? त्यसकारण यो रिभोल्युसनको कुरा होइन, अर्थ संकलनको कुरा हो। अर्थ संकलनको यस्तो विधि सभ्य समाजलाई स्वीकार्य र मान्य हुँदैन। स्वीकार्न सकिदंैन। त्यसकारण सरकारको तर्फबाट हामीले यो कुरा प्रस्ट भनेका छौं। हामीले त्यसलाई नियन्त्रण गरेका छौं। यद्यपि बम, बन्दुकसमेत समातेर ल्यायो, छुट्छन्। हाम्रो समाजमा अनेक पक्षहरू छन्। बम, बन्दुकसमेत ल्याएका मान्छेहरू छुटिराखेका छन् ! यस्तोमा हामी अझ गम्भीर हुनुपर्ने हो भन्ने मलाई लाग्छ। सिंगो सामाजिक बनावट, सामाजिक मानसिकता, राज्यका सबै अंगहरू समाजका सबै अंगहरू, राज्यका मात्रै अंगको कुरा होइन, यसमा राज्यका मात्रै अंगले यी चिजहरू गर्ने त होइन। यस्ता कुराहरूमा समाजका सबै अवयवहरूले कस्तो तरिका अपनाउने भन्ने कुरामा देश र समाजका सबै अवयवहरूको एउटा साझा दृष्टिकोण र साझा प्रयास हुन जरुरी छ। अनि मात्रै हामी कस्तो समाज निर्माण गर्ने भन्ने कुरा गर्न सक्छौं।
जहाँसम्म सरकार असहिष्णु छ भन्ने छ, सरकार त असहिष्णु होेइन र छैन। त्यस्तो हुनै सक्दैन। कहिलेकहिले म पनि भन्छु– तपाईंहरू कति साह्रो असहिष्णु ? मैले तपाईंहरूलाई केही पनि भन्नै नपाउने ? ए बाबा ! तपाईंहरू अरुलाई सहिष्णु हुनपर्छ, सुन्नुपर्छ, सुन्नै नसक्ने भन्ने ? मैले चाहिँ तपाईंहरूसँग राम्रा कुराको प्रशंसा गर्ने मुटु छैन भन्दाखेरि उत्पात मच्चाउने ! फेरि किन तपाईँहरूमा त्यस्तो असहिष्णुता छ ? अलिअलि त तपाईंहरू पनि कहिलेकहिले सहिष्णु हुनुहोस् न ! आफूचाहिँ एउटा त्यो गीत गाउँछ नि– ‘केही भन्न हुन्न गाँठे घरै पार्छन् आगो’ जस्तो ! तपाईंहरूलाई चाहिँ केही भन्नै नहुने ? अनि तपाईंहरूले जे पनि लेख्न हुने, छाप्न हुने, व्यङ्ग्य चित्र बनाउन हुने, कविता कोर्न हुने, लेख लेख्न हुने, जे पनि छाप्न हुने ? हामीले ‘होइन अति नै पो गरे हो साथीहरूले’ भन्यो भने लौ यो त असहिष्णु भयो भनेर फेरि आलोचना गर्ने ? अलिअलि त हामीले पनि यसो भन्न पाउनु पर्छ नि ! हाम्रो पनि थोरै वाक् स्वतन्त्रता त होला ! त्यसको पनि त संरक्षण गरिदनुहोस्। त्यसो चाहिँ गर्नै नमिल्ने हो र ? हामीले यसो भनिरहँदा सरकार असहिष्णु छैन, हुनै सक्दैन।
हामी दिन गुजारौं भन्नका निम्ति सरकारमा रहेको होइन। हुन्छ नि, सरकारमा आइयो, अब दिन गुजार्नुपर्छ भन्ने खालको यो सरकार होइन। यसको काँधमा परिवर्तन पछिको एउटा ठूलो संक्रमणलाई टुङ्ग्याएर अगाडि बढ्ने जिम्मेवारी छ।
हामी आफ्नो जीवनको सानोतिनो मूल्य तिरेर यहाँसम्म आइपुगेका छैनौं। हामी सबैलाई थाहा छ, स्वतन्त्रताका हकहरू भएको यो प्रणाली खेर जान सक्दैन। पे्रस स्वतन्त्रता पनि खेर जान सक्दैन। कुनै पनि अधिकारहरू खेर जान सक्दैनन्। सबैलाई थाहा छ– सरकारले चाह्यो भने पनि जान सक्दैनन्। यो त सिंगो समाजको मनोदशाको कुरा हो। यसलाई समाजले वरण गरेको छ। अर्को, अहिलेको सरकार त आन्दोलनको उपज हो। नेपाली समाज बलिदानीपूर्ण संघर्षको एउटा निष्कर्षबाट यहाँ आइपुगेको हो, त्यसको भाव पैदा भएको हो। हामीले जुन अभ्यास गर्यौं, लोकतन्त्रका निम्तिको अभ्यास, त्यसैको सिलसिलामा यो सरकार उत्पन्न भएको हो। सबैभन्दा पछिल्लो पटक जनताले गरेको विश्वासको अभिव्यक्ति यो सरकार हो। जनताले विभिन्न समयमा विभिन्न विश्वास गरेका होलान् तर, पछिल्लो विश्वास अहिलेको सरकार हो। त्यसकारण यो सरकार जनताप्रति उत्तरदायी छ। इतिहासलाई यसले सम्मान गर्छ, मैले ‘रिपिटेड्ली’ भन्ने गरेको छु, इतिहासलाई सम्मान गर्ने र जनताप्रति उत्तरदायी हुने कुरालाई हामीले वरण गरेका छौं। र, हामी हाम्रो काँधका अभिभाराहरू बुझ्छौं। हामी दिन गुजारौं भन्नका निम्ति सरकारमा रहेको होइन। हुन्छ नि, सरकारमा आइयो, अब दिन गुजार्नुपर्छ भन्ने खालको यो सरकार होइन। यसको काँधमा परिवर्तन पछिको एउटा ठूलो संक्रमणलाई टुङ्ग्याएर अगाडि बढ्ने जिम्मेवारी छ। त्यसको एउटा खास जंचर(चरण)मा हामी छौं। यसले देशमा सिस्टम बसाउनु छ, यसले देशलाई अगाडि बढाउनु छ, यसले जनतामा विश्वास बढाउनु छ र जनताको मनोबल जगाउनु छ। हामी देश बनाउन सक्छौं, हामी यो देश बनाउने काम गर्न सक्छौं भन्ने कुरा स्थापित गर्नु छ।
साथीहरूसँग मेरो आग्रह छ, सम्पादकज्यूहरूसँग मेरो आग्रह छ, जनता निराश भयो भने देश बर्वाद हुन्छ। सबैभन्दा खतरनाक कुरा जनतामा निराशा आउनु हुन्छ। त्यसकारण जनता निराश हुनेगरी हामी कोही प्रस्तुत नहोऔं र जनतालाई निराश हुन नदिऔं। जनतामा आशावादिता जगाऔं। जनतामा आत्मविश्वास जगाऔं, जसबाट देश बन्न सक्छ। हामी देश बनाउन सक्छौं। आत्मविश्वासका साथ जनता जब निर्माणमा जुट्छ, तब कुनै पनि देश बन्ने हो। आत्मविश्वास कम भयो भने, मनोबल टुट्यो भने देश विकास हुन सक्दैन र देश अघि बढ्दैन। यस्तो अवस्थामा कहिलेकहिले देशको अस्तित्व पनि रहँदैन।
जनताको आत्मविश्वास र मनोबल–यी सबै कुराहरूमा निर्भर रहेको हुन्छ कि हामी गर्न सक्छौं भन्ने भावना चाहिन्छ। यथार्थमा हामी सक्छौं पनि। हाम्रो प्रकृतिले, हाम्रो इतिहासले, हाम्रो डेमोग्राफिक डिभिड्यन्टले यो संकेत पनि गरेको छ। अहिले जनताले एउटा विश्वास गरेर हामीलाई झण्डै दुईतिहाइको सरकार दिएको स्थिति छ। यसले स्थिरता आएको छ। यसले मौका दिएको छ। हामी अरु अरु तीन वर्ष काम गर्न पाउँछौं। यस्तो अवस्था नभएको भए अहिले हामीसँग काम गर्ने समय नै हुँदैनथ्यो। अघिल्लोपल्ट म पनि ८÷९ महीनामा सरकारबाट काम नगरेर होइन, काम गर्दागर्दै गएको हो। राम्रो काम गरेका कारण गएको हो। हिजो अवस्था त्यो थियो भने अहिले त त्यस्तो छैन। अहिले स्थायित्वको स्थिति छ र हामीसँग अपच्र्यूनिटी छ। यस्तो अवस्थामा मैले कमसेकम बुझेको छु कि अवस्था कस्तो छ र हाम्रो काँधका अभिभाराहरू के छन् ? च्यालेन्जहरूलाई पनि मैले बुझेको छु। हो, च्यालेन्ज थुप्रै प्रकारका छन्। सरकारको सम्बन्धमा तपाईंहरूले इन्डिकेट गर्नुभएको छ, खासगरी सरकारको बनावट, सरकारको काम, पार्टीको काम र विभिन्न नियुक्तिहरू आदि–इत्यादिको सम्बन्धमा औंल्याउनु भएको छ। म यहाँहरूलाई भन्न चाहन्छु– दुईतिहाइको सरकार छ, दुईतिहाइको सरकारको प्रधानमन्त्री म छु, म त्यस पार्टीको अध्यक्ष पनि हुँ।
हामीले ल्याएको डेमोक्रेसी, हामीले ल्याएको संघीयता र हामीले ल्याएको गणतन्त्रको खुट्टा निकाल्ने वा टेको निकाल्ने बेला भइसकेको छ कि छैन ? अनेक पक्षहरू छन्, अझै कलिलापनहरू छन्। भर्खरै पार्टी एकीकरण भएको छ। त्यसको पनि टेको निकाल्ने बेला भएको छैन। यी सबै पक्षहरू छन्।
फेरि पनि मैले कुनै काम गर्नुभन्दा अगाडि तपाईंहरूलाई एकपटक सम्झिनु पर्छ, कुनै निर्णय गर्नुभन्दा अगाडि मैले तपाईंहरूलाई मात्रै सम्झिएर पुग्दैन, प्रतिपक्ष पनि छ भन्ने सम्झिनु पर्छ। संविधानसँग अझै असहमत पक्षहरू पनि छन्, तिनलाई पनि सम्झिनु पर्छ। विभिन्न प्रकारका नारा र उद्देश्य बोकेका शक्तिहरू पनि छन्, तिनलाई पनि सम्झिनु पर्छ। तपाईंहरूलाई थाहा छ नि, छत ढलान गर्दा सिमेन्टको गिटी बालुवा सबै गरेर ढलान गरिन्छ। अनि त्यो पक्की हुन्छ। ढलान गरिसकेपछि तल काठका टेकाहरू जोडिराखिएको हुन्छ। तर, ढलानको २१ दिनसम्म पनि ती टेको लगाइएका खुट्टा निकालिदैंन। किनभने त्यो राम्रो जमेको हुँदैन !
हामीले ल्याएको डेमोक्रेसी, हामीले ल्याएको संघीयता र हामीले ल्याएको गणतन्त्रको खुट्टा निकाल्ने वा टेको निकाल्ने बेला भइसकेको छ कि छैन ? अनेक पक्षहरू छन्, अझै कलिलापनहरू छन्। भर्खरै पार्टी एकीकरण भएको छ। त्यसको पनि टेको निकाल्ने बेला भएको छैन। यी सबै पक्षहरू छन्। यो तपाईंहरूले इन्डिकेट गरेको कुरा ठीक हो। मैले यी थुप्रै कुराहरूसँग कम्प्रोमाइज गर्नुपर्छ।
अर्को व्यूरोक्रेसी छ, ब्यूरोक्रेसीमा पुरानै छन्। दुई वर्ष अगाडिको अवस्थाबाट पार्टी सरकारमा आयो। बाँकी सबै कुरा त यथावत नै छँदैथियो। यो हाम्रो परिवर्तनको ढाँचा भनेको अलिकति स्ट्रगल गर्यो, जनताले दबाब दियो, परिवर्तन गर्यो, कम्प्रोमाइज गर्यो र कम्प्रोमाइजको बाटोबाट अगाडि बढ्यो। सधैँ यही ढाँचा छ। मैले भन्ने गर्छुृ नि, राणा शासनका विरुद्ध २००७ सालमा आन्दोलन भयो। राणा शासन ढालियोे। तर, राणा प्रधानमन्त्रीको नेतृत्वमा नै सरकार बनाइयो। राणा शासन फालेर गरियो के भन्दा राणा प्रधानमन्त्रीको नेतृत्वमा सरकार बनाइयो ! आन्दोलनकारी कांग्रेस सरकारमा सहभागी भयो, भागेका राजालाई फर्काएर ल्याई फेरि स्थापित गरियो। त्यो कम्प्रोमाइजिङ् टर्ममा राजनीति गयो। पछि २०४६ सालमा के भयो ? राजाले आइन्दा संवैधानिक भएर बस्छु भने। फेरि कम्प्रोमाइज भयो र दलीय व्यवस्था कायम भयो। २०६२/०६३ को आन्दोलनमा के भयो ? राजाले बैशाख ११ गते जनताको नासो फिर्ता गरेँ भन्ने वक्तव्य दिए, हामीले सम्झौता गर्यौं। र, पुनःस्थापित संसद्ले राजाका अधिकारहरू खोसेर अब राजाका काम, कर्तव्य र अधिकार प्रधानमन्त्रीले नै प्रयोग गर्ने भन्ने भयो। त्यसपछि वस्तुतः राजतन्त्र समाप्त भयो। पुनःस्थापित संसद्ले नै राजतन्त्र समाप्त पारिदियो। अझ त्यसभन्दा अगाडि वस्तुतः दरबार हत्याकाण्डबाटै राजतन्त्र सिद्धिएकोे थियो। तर, त्यतिबेला जनताको स्ट्रेन्थ पुगेन, जनताको रिपब्लिक घोषणा गर्ने काम हुन सकेन। स्ट्रेन्थ नपुगेपछि फेरि खोजखाज गरेर राजतन्त्र ल्याई राखियोे। वास्तवमा त्यो खोजेको राजतन्त्र हो। पछि त्यसलाई पुनःस्थापित संसद्ले अन्त्य गर्यो र त्यसको विधिवत् अन्त्यचाहिँ संविधानसभाले गर्यो। यो क्रम कम्प्रोमाइजिङ् बाटोबाटै गयो। यसरी हाम्रो समाज कम्प्रोमाइजिङ् एटिट्यूडका साथ जाने गरेको छ। कम्प्रोमाइजका साथ जाने, कम्प्रोमाइजिङ्बाट जाने हाम्रो सामाजिक एटिच्यूड रहेको स्पष्ट छ।
हामीले जातका कुरा गरेनौं कि ? भूगोलका कुरा गरेनौं कि ? केका कुरा गरेनौं ? यी सबै पृष्ठभूमिबाट आएर अहिले सानोतिनो प्रयासले यसलाई शान्तिपूर्ण र सन्तुलित ढंगले अगाडि बढाउन सजिलो कुरा छैन। हामीले सफलताका साथ यसको म्यानेज गरेका छौं।
अहिलेको सरकारले धेरै कुराहरूमा कम्प्रोमाइज पनि गरेको छ। अन्तर्राष्ट्रिय स्थितिलाई हेरेर, भूराजनीतिको कुरा साथीहरूले गर्नुभयो, हामीले अत्यन्त सफलतापूर्वक, अत्यन्त ब्यालेन्स्ड गरेर आफ्नो पोलिसीलाई अगाडि बढाएका छौं र सफलतापूर्वक अगाडि बढेका छौं। डेमोक्रेसीलाई हामीले अत्यन्तै ब्यालेन्स् गरेर अगाडि बढाएका छौं। यो नयाँ प्रणाली जो स्थापना भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र, यो प्रणाली आफैंमा नयाँ छ। यस प्रणालीमा पनि खिचातानी हुन्छ। यसमाथि यसको पृष्ठभूमिमा के–के भएर आएको थियो ? हामी इतिहासलाई सम्झिऔं। हामीले जातका कुरा गरेनौं कि ? भूगोलका कुरा गरेनौं कि ? केका कुरा गरेनौं ? यी सबै पृष्ठभूमिबाट आएर अहिले सानोतिनो प्रयासले यसलाई शान्तिपूर्ण र सन्तुलित ढंगले अगाडि बढाउन सजिलो कुरा छैन। हामीले सफलताका साथ यसको म्यानेज गरेका छौं।
संविधान कार्यान्वयनको कुरा तपाईंहरूलाई थाहा छ। चुनावपछि म आउँदा कुनै पनि कानून बनेको थिएन। सन् २०१५ मा संविधान जारी भयो, तर २०१८ को फेबु्रअरीसम्म कुनै पनि कानून बनेका थिएनन्। कानुन बनाउन र कार्यान्वयन गर्न त फेरि एकैचोटी सन् २०१५ बाटै थाल्नु पर्यो। जबकि त्यसै वर्षको सेप्टेम्वर २० भित्र यति कानून बनाइसक्नु पर्ने, मौलिक हक कार्यान्वयनसम्बन्धी कानून बनाइसक्नु पर्नेजस्ता कुराहरू थिए। त्यसो भएको हुनाले यो अत्यन्तै च्यालेन्जिङ् स्थिति थियो। मैले सकेसम्म हेरेर र सकेसम्म त्रुटिरहित गर्न खोजेको हुँ। तर, यति धेरै कानून संविधान कार्यान्वयनका लागि बनाउनु पर्दथ्यो, जसमा फिनिसिङ् टचको कुरा होइन कि त्यसभन्दा अगाडिको मस्यौदा पनि हेर्न नभ्याइने अवस्था थियो। किनभने त्यसो गर्नै पर्दथ्यो। त्यसैले यसमा तपाईंहरूले भनेजस्तै एकदमै परिपक्वताका साथ, व्यापक छलफल र अन्तक्र्रिया गरेर हेर्न, गर्न भ्याइएकोे स्थिति होइन।
अहिले पनि हामीले कतिवटा नमूना कानून बनाएर पठाउनु परेको छ। संघीयताको नयाँ प्रयोग चलिरहेको बेला थियो, बसिसकेको सिस्टमको अवस्थामा रन गर्ने कुरा थिएन। हरेक कुरा नयाँ आयो। हरेक कुरा नयाँ गर्नु पर्यो। त्यसले गर्दा धेरै कामको चापको बीचमा कानुनहरू बनाउनु पर्यो। अर्काेतिर हामीले कानून बनाउँदछौं भनेर मात्र हुदैनथ्यो, विकास निर्माणको काम पनि गर्नुपर्दथ्यो। अहिलेका लागि मात्रै होइन, ६ महीनाका लागि मात्रै होइन, एकछिनका लागि केही वाहवाही पाउनभन्दा दीर्घकालीन योजनाहरू अघि सारेर र प्लानिङ गरेर गर्नु पर्दथ्यो। विकास निर्माणका काम पनि तत्काल पपुलर हुनभन्दा अलिक दीर्घकालका लागि कसरी जाने भन्ने कुरा नै मुख्य हुनै नै भए। यसरी हामी दीर्घकालीन काममा छौं, जस्तै कनेक्टिभिटीको कुरा रहेको छ। र, हामी त्यतापट्टि क्रियाशील रहेका छौं।
हामी वास्तवमा थुप्रै कुरामा नयाँ युगमा प्रवेश गरेका छौं। हामी टनेल एरामा प्रवेश गरेका छौं। एउटा टनेल शिलान्यास गर्यौं, अरु ६ वटा टनेलहरू हामी तुरुन्तै शुरू गर्दैछौं। कोही सर्भे हुँदैछन् र छिट्टै नै हामी तिनलाई अगाडि लान्छौं। बाटोलाई छोटो बनाउने र दीगो बनाउने, हामी मुलुकलाई त्यस ढंगले एउटा नयाँ युगमा लैजाँदै छौं।
विमानस्थलहरूको छिटो निर्माणमा हामीले जोड दिएका छौं। कतिपय रात्री उडानहरूमा जोड दिएका छौं। दिउँसो मात्रै भयो भने त एउटा मात्रै विमानस्थल छ, त्यसले अप्ठ्यारो हुने नै भयो। दिउँसो मात्रै गर्दा पुगेन। हामीले २४ घन्टा उडाउनेगरी कतिवटा आन्तरिक विमानस्थललाई राति पनि उडाउन सक्नेगरी लगेका छौं।
हाम्रो व्यापार विविधिकरण, राष्ट्रको विविधिकरण, आइटमको विविधिकरण र थुप्रै चिजहरूको विविधिकरण भएको छ। अर्थतन्त्रको हिसाबले हामी त्यसमा जानुपर्ने जरुरी छ। त्यसमा हामीले ध्यान दिएका छौं। रेलको पनि काम गर्नुपर्ने छ, पानीजहाजको पनि काम गर्नुपर्ने छ। नदीको बाटोबाट हामीले लिएर आउँँदा थुप्रै सस्तो पर्नजाने र छिटो हुनजाने हुन्छ। अर्को हामीले कोलकातामा खोल्न नपर्ने, सोझै आउने जुन सुविधा गरेका छौं, यसले व्यापारलाई जुन अनुकूलता सर्जना भएको छ, जो हामीले नयाँनयाँ क्षेत्रमा गरेका छाैं। विमानस्थलहरूको छिटो निर्माणमा हामीले जोड दिएका छौं। कतिपय रात्री उडानहरूमा जोड दिएका छौं। दिउँसो मात्रै भयो भने त एउटा मात्रै विमानस्थल छ, त्यसले अप्ठ्यारो हुने नै भयो। दिउँसो मात्रै गर्दा पुगेन। हामीले २४ घन्टा उडाउनेगरी कतिवटा आन्तरिक विमानस्थललाई राति पनि उडाउन सक्नेगरी लगेका छौं।
हामीले जगदेखि नै विद्यालय भर्नाको अभियान चलायौं। अढाई तीन लाखभन्दा बढी स्कुल नजाने नयाँ बालबालिकालाई हामीले स्कुल पुर्याएका छौं। दुई वर्षमा यो लगभग टुंगिन लागेको छ र हामी टुंङ्ग्याउँछौं भन्दैछौं। ८० प्र्रतिशत नागरिकमा विद्युत पुर्यायौं। विद्युत प्र्रयोगकर्ताहरू र प्रयोग गर्ने क्षमता किन वृद्धि भएन भन्नु भयो। अहिले यो दुई वर्षमा क्षमता १४५ बाट २४५ पुगेको छ। ८० प्रतिशत घरहरूमा बिजुली पुर्याएका छौं। अब दुई वर्षभित्रै बिजुली सबै ठाउँमा पुर्याउँछौं। त्यसका निम्ति काम हुँदैछ। अन्तरदेशीय लाइनका लागि जोे एमसीसीको कुरा भइरहेको छ, त्यसमा अन्तरदेशीय लाइनमा विद्युत उत्पादनसँगै हाम्रो व्यापार दीर्घकालीन साेंचका साथ अघि बढ्छ। हामीले यो काम गरेका छौं।
म यतिमात्र अनुरोध गर्छु, अहिले काठमाडौंका शहर एकदम विकसित शहरको तुलना या दाँजोमा उठाइसकेँ, म त्यसो भन्दिनँ। तर, काठमाडौंका शहर पहिलेजस्तो अहिले पक्कै पनि छैनन्। यहाँहरूले महसुस गर्नुभएको छ, खाल्डाखुल्डी पुर्ने, बाटो बन्ने कुरामा साथीहरूले अहिले सडकबत्तीको स्थितिमा पक्कै पनि सुधार देख्नुभएको होला, यसमा भिन्नता आएकैै छ। सडक लाइट राख्दा मलाई के फरक पर्यो त ? मलाई त केही फरक परेन। मलाई के फरक पर्यो भनेर हेर्दाखेरी मलाई केही फरक परेन। यदि मान्छेले हेर्यो भने यो आफैंलाई पनि फरक पर्ने काम हो। पहिले म सरकारमा हुँदा २५ प्रतिशत तनखा बढाएको थिएँ, अहिले फेरि २० प्रतिशत तनखा बढाएको छु कर्मचारीलाई पनि फरक परेको छ। काम लगाइएको छ। एउटा मेकानिज्म एकैचोटी कन्भर्ट भएर त परिवर्तन हुँदैन। व्रतबन्ध गरेर चौकामूनी बसेको छोरालाई बाहुनले माथि चढाउँछ नि ! ब्रतबन्ध गरेको भोलिपल्ट ठ्याक्कै छोरो चौकामाथि हुन्छ। देशलाई व्रतबन्ध गरेर ठ्वाक्क चौका चढाएजस्तो त हुँदैन, विकास त्यसरी त हुँदैन। डेमोक्रेसीले त जीवनमा प्रतिफल आउनका निम्ति खासमा व्यक्तिको आर्थिक र सामाजिक जीवनमा प्रतिफल पाउनको निम्ति त्यसको अलिकति प्रोसेस त हुन्छ। रोजगारीका अवसर सिर्जना गरिएको छ, जीवन बीमा गरिएको छ र बैंक खाताका कुराहरू गरिएको छ। अहिले इनोभेशनका लागि हिजो मात्रै हामीले ऐन पास गरेका छौं। हामी ५० लाख युवाहरूलाई इनोभेशनका लागि वतावरण दिने भनेर लागेका छाैँ। यसरी हाम्रो यात्रा कतापट्टि छ भनेर साथीहरूले देख्न सक्नुहुन्छ। राष्ट्रियताको सवाल होस्, डेमोक्रेसीको सवाल होस् अथवा विकासको सवाल होेस् वा सुशासनको सवाल होस्, प्रगतिकै स्थिति नै छ।
अब म तपाईंहरूले एउटा इन्साफ गर्नुपर्छ भन्छु। ललिता निवास के मेरो सरकार बनेपछि बेचेर व्यक्तिलाई दिएको हो र ? उहिले हिनामिना गरिएको जग्गा अहिले मैले छानबिन गराउँदै छु। यसमा एकातिर सीआईबीलाई छानबिन गर्न लगाएको छु, अर्कोतिर अख्तियारलाई छानबिन गर्न लगाएको छु। दुईतिरबाट छानबिन हुँदैछ। मुद्दा त मैले गर्ने होइन, अदालतले किनारा गर्ने हो। यो सबै छानबिन गरेर अदालतमा मुद्दा पेश हुन्छ। मैले त छानबिन गराउने हो। योभन्दा अगाडि पनि सरकार थिए तर, कसैले छानबिन त गराएनन्। मैले छानबिन गराउँदै छु। अनि जसले यो छानबिन गराउँदैछ, त्यसैलाई आरोप ? तपाईँहरू इन्साफ गरिदिनुस्, न्याय गरिदिनुस् न !
भ्रष्टाचार बढेको होइन, भ्रष्टाचार नियन्त्रण गर्दा गिरफ्तार हुने र कारबाही हुने प्रक्रिया भएको छ। हिजो थाहै नभई हुने भ्रष्टाचारका घटनामा कारबाही हुँदा बढी थाहा भएको छ।
एकपटक खोई ३८ क्विन्टल सुन खुब चल्यो ? ३८ क्विन्टल सुन त भागिसकेछ ! तर, उहिल्यै भएको त्यो तस्करीलाई मैले आएर छानबिन र खोजतलासी गर्दा सुनको चोरी निकासी हुँदो रहेछ। आयात हुने र निर्यात पनि हुने रहेछ। त्यसलाई म आएपछि नै रोकियो। त्यसको छानबिन गर्दा पत्ता लगाइयो र कारबाही गरिएको छ–७५/७६ जना मानिस जेलमा छन्। कतिलाई त मुद्दा नै चलाइएको छ। अनि त्योभन्दा गर्ने के ? छानबिन गर्दा जे पत्ता लाग्यो, प्रहरीले जे छानबिन गर्छ, अदालतले जे छानबिन गर्छ, त्यसैगरी गर्ने होइन र ? त्यसका लागि एउटा छुट्टै समिति बनाएर छानबिन गराइयो र अदालतमा मुद्दा पनि चलाइयो, जे फेला पर्यो, त्यही कारबाही गरियो। अख्तियारकै आयुक्तमाथि कारबाही भएको छ। १२ वर्ष अघिदेखिका मुद्दाहरूमा कारबाही भएका छन्। विभिन्न ओहदामा रहेका र ठूलो ओहदामा रहेका व्यक्तिहरूमाथि कारबाही भएको छ। स्टिङ अपरेशन गरेर पैसा समाउँदा समाउँदै र खाँदाखाँदैको अवस्थामा कारबाही गरिएको छ र ठूलाठूला ओहदाका मान्छेहरू पनि कारबाहीमा परेका छन्। जो इन्भल्भ (संलग्न) रहेको पाइन्छ, छोडिएको छैन। जुनसुकै अपराधमा होस्, जुनसुकै तहका मान्छे हुन्, इतिहासमा पहिले कहिल्यै नभएको तहका मान्छेहरू कारबाहीमा परेका छन्। मोलाहिजा गरिएको छ र ? कानूनी राजको सिद्धान्तमा मोलाहिजा गरिएको छ र ? छैन। त्यसकारण भ्रष्टाचार बढेको होइन, भ्रष्टाचार नियन्त्रण गर्दा गिरफ्तार हुने र कारबाही हुने प्रक्रिया भएको छ। हिजो थाहै नभई हुने भ्रष्टाचारका घटनामा कारबाही हुँदा बढी थाहा भएको छ। त्यो थाहा भएको हुनाले हो रहेछ भन्ने कुरा देखिएको हो। भ्रष्ट्राचार बढेको होइन, नियन्त्रण गर्ने सिलसिला अगाडि बढेको छ।
वाइडबडी खरीद मेरो समयमा भएको हो र ? यती होल्डिङ्सको दरबार अगाडिको जग्गा लिजमा दिनु हुन्थ्यो कि हुदैनथ्यो ? त्यो बेग्लै कुरा हो। ६ अर्ब कति त त्यस ठाउँको मूल्य पनि पर्दैन। त्यो लिजको त्यस्तो कुरा होइन। त्यो मभन्दा अघिल्लो सरकारले गरेको काम होे तर, विधि प्रक्रिया पुर्याएरै गरेको रहेछ। अहिले कुरा उठेपछि मैले हेरेँ। त्यसको मैले प्रारम्भिक हिसाबमा हेर्दाखेरी विधि प्रक्रिया पुर्याएरै गरेको देखेँ। सोल्टी नजिक ताहाचलको जमिन लिजमा दिएको रहेछ। यतीको के भएको रहेछ त भनेर मैले त्यो पनि हेरेँ। त्यसमा पनि विधि प्रक्रिया पुर्याएर नै गरेको रहेछ। गोकर्ण रिसोर्ट एउटा विदेशीलाई दिएको थियो, विदेशीबाट नेपाली कम्पनीले किन्यो र थोरै समय बाँकी रह्यो। त्यो थोरै समय बाँकी रहेपछि उसले किन्यो र उसलाई लिज अवधि बढाइदिन्छु भनेरै त्यतिबेलाको सरकारले भनेको हुनाले नै उसले किन्यो। नत्रभने त्यत्रो पैसा हालेर उसले किन किन्थ्यो ? विभिन्न स्वतन्त्र किसिमका निकायबाट मूल्यांकन गराएर त्यसमार्फत कति पर्छ ? त्यसको प्रतिस्पर्धात्मक मूल्य कति हुन सक्छ ? चार्टर एकाउण्टेन्ट संस्थाका मान्छेबाट मूल्यांकन गराएर त्यसको लिज अवधि थप भएको छ। त्यसमा कुनै घोटाला भएको मलाई विश्वास छैन। एउटा कुरा मैले घोटला गर्छु वा मैलेचाहिँ भ्रष्टाचार गर्छु भन्ने कमसेकम साथीहरूले ठान्नुहुन्न होला भन्ने मलाई विश्वास छ। किनभने मेरो जुन कमिटमेन्ट छ, त्यसमा चाहिँ शंका गर्नुुहुन्न भन्ने म ठान्दछु। जुनसुकै सरकारको सम्बन्धमा जेसुकै होस्, मेरो सम्बन्धमा त्यसरी प्रश्न उठ्दैन भन्ने मेरो विश्वास छ। किनभने मलाई त्यस्तो गर्नु केही छँदा पनि छैन। बदमासी गर्नु, भ्रष्टाचार गर्नु र कमिशन खानु केही पनि छैन।
तपाईंहरूले भनेको एउटा कुरा के ध्यान दिनयोग्य छ भने अस्तिको दिन सकिएको हाम्रो केन्द्रीय कमिटीको बैठकमा पनि यो कुरा चल्यो। वास्तवमा यो निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भयो। यो भन्ने नभन्ने बेग्लै कुरा हो। तर, निर्वाचन यति खर्चिलो भयो कि यदि कुनै हिसाबले हामी यसमा खर्च नहुने बाटो खोज्दैनौं भने यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचार गराउने अनिवार्यजस्तो खतरा हुन्छ। यो बहुत खर्चालु भयो। चुनाव जोसुकैले लड्न नसक्ने खालको स्थितिमा जाँदैछ। अलिक सोच्नु पर्छ भन्ने कुरा आएको छ। तर, निर्वाचन खर्चिलो भए पनि वा जेसुकै भए पनि त्यसको नाममा राज्यकोषबाट कमिशनगिरी हुन्छ भने त्यो म प्रधानमन्त्री हुँदासम्म चल्दैन। म तपाईंहरूलाई भनौं, राज्यको कोष मारेर पार्टीको, वा व्यक्तिको र संस्थाको कोष बढाउने काम हुँदैहुँदैन। यो राज्यकै विकासको बजेट हो र यसको खर्च विकासमा नै हुन्छ।
म भाग्यमानी रहेछु, म पनि घडेरी खोज्दैखोज्दै हिडेको थिएँ। धन्न बालुवाटारमा परिनँछु। त्यसबेला यो किनबेच भइराखेको रहेछ र म पनि खोज्दै हिडेको थिएँ। जग्गा किन्नेले हेर्ने धनीपूर्जा हो। पास गर्ने गएर मालपोत कार्यालयमा नै हो। धन्न तपाईंहरू पनि कोही पर्नु भएनछ। किन्न त अन्तै किन्नु भएको होला, यहाँ पर्नु भएनछ। यहाँ परेको भए ! बालुवाटारको जग्गा हिनामिना गर्नेमा नाम आउँथ्यो। हेर्ने त तपाईंहरूले पनि धनीपूर्जा हो। धनीपूर्जा हेर्ने हो, मालपोत कार्यालयमा गएर नै किन्ने हो। म धन्न बँचेछु, बालकोट गएर किनेँ। यहाँको जग्गाको प्रकरण आएपछि मैले साथीहरूलाई सोधेँ – होइन कतै बालकोटको पनि यस्तै त अवस्था छैन ? सार्वजनिक जग्गा त परेको छैन भनेर सोधेँ। तर, त्यस्तो रहेनछ र ढुक्क भ" />
साथीहरू,
तपाईंहरूले आज यहाँ थुप्रै महत्वपूर्ण विषयहरू उठाउनु भएको छ। हरेक विषयहरूमा जानुभन्दा अगाडि मेरो आमन्त्रणलाई स्वीकारेर आउनु भयो र खुलस्त विचार राख्नु भयो। यसका लागि सबैभन्दा पहिले म हार्दिक धन्यवाद भन्न चाहन्छु।

म भाग्यमानी रहेछु, म पनि घडेरी खोज्दैखोज्दै हिडेको थिएँ। धन्न बालुवाटारमा परिनँछु। त्यसबेला यो किनबेच भइराखेको रहेछ र म पनि खोज्दै हिडेको थिएँ। जग्गा किन्नेले हेर्ने धनीपूर्जा हो। पास गर्ने गएर मालपोत कार्यालयमा नै हो। धन्न तपाईंहरू पनि कोही पर्नु भएनछ। किन्न त अन्तै किन्नु भएको होला, यहाँ पर्नु भएनछ। यहाँ परेको भए ! बालुवाटारको जग्गा हिनामिना गर्नेमा नाम आउँथ्यो। हेर्ने त तपाईंहरूले पनि धनीपूर्जा हो। धनीपूर्जा हेर्ने हो, मालपोत कार्यालयमा गएर नै किन्ने हो। म धन्न बँचेछु, बालकोट गएर किनेँ। यहाँको जग्गाको प्रकरण आएपछि मैले साथीहरूलाई सोधेँ – होइन कतै बालकोटको पनि यस्तै त अवस्था छैन ? सार्वजनिक जग्गा त परेको छैन भनेर सोधेँ। तर, त्यस्तो रहेनछ र ढुक्क भ">