कान्तिपुर र डा. केसीविरुद्धको अवहेलना मुद्दा खारेज
काठमाडौं। अदालतको अवहेलनामा कान्तिपुर दैनिक र डा। गोविन्द केसीविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासले खारेज गरेको छ।

अधिवक्ता तोयानाथ ढुंगानाले दुई वर्षअघि दर्ता गरेको अवहेलना मुद्दा सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले आज खारेज गरेको हो। यस्तै डा। गोविन्द केसीविरुद्ध परेको अवहेलना सम्बन्धि मुद्दा पनि खारेज भएको छ।

न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको इजलासले मुद्दा खारेज हुने फैसला गरेको हो।

प्रतिक्रिया दिनुहोस्