अवकाशप्राप्त डीएसपी खिउजुविरुद्ध बलात्कारमा जाहेरी

काठमाडौं। नेपाल प्रहरीका अवकाशप्राप्त डीएसपी रामकुमार खिउजुविरुद्ध बलात्कार मुद्दामा प्रहरीमा जाहेरी परेको छ।

ललितपुरकी २१ वर्षीया युवतीले खिउजुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै ललितपुर प्रहरी परिसरमा किटानी जाहेरी दिएकी हुन्।

ललितपु्र प्रहरीकी प्रवक्ता एसपी दुर्गा सिंहले जाहेरी परेको देखापढीसँग पुष्टि गरिन्। प्रहरी रिपोर्ट बनाउनका लागि मंसीर अन्तिम साता महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडितले आरोप लगाएकी छन्।

पीडित युवतीले डीएसपी खिउजुविरुद्ध विभिन्न निकायमा गुनासो गर्न थालेपछि उनले पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्