कैलाली । जिल्ला अदालत कैलालीले एक युवतीको सामूहिक बलात्कारपछि हत्याको अभियोगमा चार जनालाई जन्मकैदको फैसला सुनाएको छ।

१२ असार २०७५ मा ती युवतीको बलात्कार गरी हत्या गरेको ठहर गर्दै जिल्ला न्यायाधीश  कृष्णप्रसाद नेपालको इजलासले सो फैसला गरेको हो।

जन्मकैदको फैसला गरिएकामा गौरीगंगा-११ का सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटी रहेका कैलाली जिल्ला अदालतका तहसिलदार नरबहादुर नेगीले जानकारी दिए।

उनका अनुसार घटनामा संलग्न नभएको तर घटना थाहा पाएर पनि जानकारी नदिएको भन्दै तपेन्द्र बोगटीलाई पाँच वर्षको कैद सजाय फैसला गरिएको छ।

युवतीको बलात्कार गरी हत्या भएको घटनामा पाँच जनाविरुद्ध जबरजस्ती करणी, अपहरण र कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भएको थियो।

गत साल नै १५ असारमा कैलालीको गौरीगंगा नगरपालिका-११ कै चपरथली सामुदायिक वनमा उनको शव भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी उपरीक्षक बिनोद घिमिरेको टीमले एक साता लामो अनुसन्धानपछि उनको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो।

" /> कैलाली । जिल्ला अदालत कैलालीले एक युवतीको सामूहिक बलात्कारपछि हत्याको अभियोगमा चार जनालाई जन्मकैदको फैसला सुनाएको छ।

१२ असार २०७५ मा ती युवतीको बलात्कार गरी हत्या गरेको ठहर गर्दै जिल्ला न्यायाधीश  कृष्णप्रसाद नेपालको इजलासले सो फैसला गरेको हो।

जन्मकैदको फैसला गरिएकामा गौरीगंगा-११ का सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटी रहेका कैलाली जिल्ला अदालतका तहसिलदार नरबहादुर नेगीले जानकारी दिए।

उनका अनुसार घटनामा संलग्न नभएको तर घटना थाहा पाएर पनि जानकारी नदिएको भन्दै तपेन्द्र बोगटीलाई पाँच वर्षको कैद सजाय फैसला गरिएको छ।

युवतीको बलात्कार गरी हत्या भएको घटनामा पाँच जनाविरुद्ध जबरजस्ती करणी, अपहरण र कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भएको थियो।

गत साल नै १५ असारमा कैलालीको गौरीगंगा नगरपालिका-११ कै चपरथली सामुदायिक वनमा उनको शव भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी उपरीक्षक बिनोद घिमिरेको टीमले एक साता लामो अनुसन्धानपछि उनको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो।

"> कैलालीको सामूहिक बलात्कारका चारजना अभियुक्तलाई जन्मकैद: Dekhapadhi
कैलालीको सामूहिक बलात्कारका चारजना अभियुक्तलाई जन्मकैद
कैलाली । जिल्ला अदालत कैलालीले एक युवतीको सामूहिक बलात्कारपछि हत्याको अभियोगमा चार जनालाई जन्मकैदको फैसला सुनाएको छ।

१२ असार २०७५ मा ती युवतीको बलात्कार गरी हत्या गरेको ठहर गर्दै जिल्ला न्यायाधीश  कृष्णप्रसाद नेपालको इजलासले सो फैसला गरेको हो।

जन्मकैदको फैसला गरिएकामा गौरीगंगा-११ का सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटी रहेका कैलाली जिल्ला अदालतका तहसिलदार नरबहादुर नेगीले जानकारी दिए।

उनका अनुसार घटनामा संलग्न नभएको तर घटना थाहा पाएर पनि जानकारी नदिएको भन्दै तपेन्द्र बोगटीलाई पाँच वर्षको कैद सजाय फैसला गरिएको छ।

युवतीको बलात्कार गरी हत्या भएको घटनामा पाँच जनाविरुद्ध जबरजस्ती करणी, अपहरण र कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भएको थियो।

गत साल नै १५ असारमा कैलालीको गौरीगंगा नगरपालिका-११ कै चपरथली सामुदायिक वनमा उनको शव भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी उपरीक्षक बिनोद घिमिरेको टीमले एक साता लामो अनुसन्धानपछि उनको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्