कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु
<p>काठमाडौं। गएराति काठमाडौंको कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।</p>
<p>कलंकीको अण्डरपासमा राति १२:५० बजे टिपरको ठक्करबाट घाइते रौतहट कटहरिया गाउँपालिका-४ का १९ वर्षिय राकेशकुमार चौधरी र वडा नं ७ का २४ वर्षीय मुन्‍ना चौधरीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका सई जंगबहादुर आलेले <em>देखापढी</em>लाई बताए।</p>
<p>घाइते दुवैजनाको उपचारको क्रममा महाराजगंजस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो।</p>
<p>मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक फरार छन्। टिपर नम्बर नखुलेको र खोजी भइरहेको आलेले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
