काठमाडौं। नेपाल प्रहरीभित्र समयमै बढुवा प्रक्रिया अघि नबढ्दा १४४ जनाभन्दा बढी प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ।
नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि प्रहरी निरीक्षक(इन्सपेक्टर) सम्म ठूलो संख्यामा दरबन्दी खाली भए पनि गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठक बस्न नसकेका कारण प्रहरी अधिकृतको वृत्ति विकासमा असर परेको हो।
बढुवा समितिको बैठकमा गृहसचिव अनिवार्य हुन्छ।
तर, तत्कालीन सचिव प्रेमकुमार राई अवकाश हुनुअघि विदेश भ्रमणमा गएकाले बढुवा समितिको बैठक बस्न नसकेको आजको नागरिक दैनिकले समाचार लेखेको छ।
उनले राजीनामा दिएपछि गृह मन्त्रालयले नयाँ सचिव पाए पनि अझै बढुवा समितिको बैठठक बस्न अझै एक हप्ता लाग्ने सम्भावना छ।
समितिको बैक नबस्दा प्रहरी प्रधान कार्यालयले पनि बढुवा हुने प्रहरी अधिकारीको फाइल मन्त्रालय पठाएको छैन।
“बढुवाबारे प्रहरी प्रधान कार्यालयले सिफारिस गर्न बढुवा समितिमा लैजान खोजिरहेको छ तर समितिकै बैठक बस्न निश्चित नभएकाले प्रस्ताव लान सकिएको छैन”, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, “अब आईजीपीलगायत २१ जना उच्च प्रहरी अधिकारी अनिवार्य अवकाशमा जाने भएकाले पनि अन्य तहको बढुवा प्रक्रिया तत्कालै अघि नबढ्ने सम्भावना रहेको छ।”
" /> काठमाडौं। नेपाल प्रहरीभित्र समयमै बढुवा प्रक्रिया अघि नबढ्दा १४४ जनाभन्दा बढी प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ।नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि प्रहरी निरीक्षक(इन्सपेक्टर) सम्म ठूलो संख्यामा दरबन्दी खाली भए पनि गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठक बस्न नसकेका कारण प्रहरी अधिकृतको वृत्ति विकासमा असर परेको हो।

">