काठमाडौं। भारतमा तीन वर्षपछि हुने एकदिवसीय क्रिकेट विश्वकपमा स्थानमा बनाउने खुड्किलोका रूपमा रहेको आइसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा आज नेपालले ओमानलाई १८ रनको नतिजा सुम्पिएको छ।

जितसँगै ओमान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ओमानले सात खेलबाट दश अंक जोडेको छ, जुन शीर्ष स्थानको अमेरिका भन्दा दुई अंक कम हो। अमेरिकाले एक खेल बढी खेलेको छ। अहिलेसम्म एक मात्र खेल खेलेको नेपाल अंकबिहीन छ।

करण केसी र सुशन भारीले राम्रो बलिङ गरे पनि टस हारेर ब्याटिङका लागि निम्त्याइएको ओमानले अन्तिम चार ओभरमा ४२ रन बनाएपछि १९७ रनको योगफल बनाएको थियो। बलिङतर्फ पनि ओमानले शुरूमै नेपालका मुख्य ब्याट्सम्यान पारस खड्का र ज्ञानेन्द्र मल्लको विकेट लिएर खेलमा दबाब कायम गर्‍यो।

शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाल्ने प्रयास गरे। तर, ओमानले दीपेन्द्रसिंह, आरिफ शेख र रोहितकुमार पौडेलको विकेट लिएर खेल पुनः आफ्नो पक्षमा मोड्यो। शरदले विनोदसँग छैटौं विकेटका लागि ४३ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे।

तर, ओमानले पुनः लगातार विनोद र करण केसीको विकेट लिँदै खेल नियन्त्रणमा लियो। बलिङमा चल्न नसकेका सन्दीप र शरदले नेपालको आशा जीवितै राखे। उनीहरूले एकापसमा ३८ रनको साझेदारी गरे पनि शरदको विकेटसँगै ओमानले जित पक्का गर्‍यो।

घरेलु मैदानमा भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेललाई नेपालले सुखद् बनाउन सकेन। यो हार विश्वकप यात्रामा महंगो सावित हुन पनि सक्छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमै पराजित भएपछि नेपालका कप्तान ज्ञानेन्द्र मल्ल के भन्छन्? त्यसैगरी नेपाली मैदानमा जित हात पारेको ओमानका कप्तान जीसन मकसूद र म्यान अफ दी म्याच मोहम्मद नदिमले के भने? हामीले उनीहरूको धारणा बुझ्ने प्रयास गरेका छौं

‘एक खेल हार्दैमा निराश हुनुपर्ने छैन’

ज्ञानेन्द्र मल्ल
कप्तान, नेपाल

शुरूमा सबै राम्रै भएको थियो। अन्तिम चार ओभरमा ४०/४५ रन खायौं। त्यो रोक्न सकिन्थ्यो होला, तर सकेनौं।

ब्याटिङमा राम्रो शुरूआत गर्न सकेनौं। त्यसपछि पनि सेट भइसकेको अवस्थामा हामीले लगातार तीन विकेट गुमायौं। त्यसले गर्दा खेल हातबाट टाढा गएजस्तो लाग्छ। त्यसपछि पनि विनोद र शरद हुँदासम्म ठिकै थियो। फेरि गलत समयमा विनोदको विकेट गयो। त्यसले हामीमाथि दबाब परिरह्यो।

ब्याटिङमा शुरूआत राम्रो भइदिएको भए खेल यस्तो हुँदैनथ्यो। कप्तान तथा सिनियर खेलाडीका रूपमा जुन शुरूआत दिनुपर्ने हो, त्यो दिन सकेनौं। त्यसले खेल नै अर्कोतिर मोडिदियो।

एक खेल हार्दैमा ब्याटिङ लाइनअप परिवर्तन गर्नुपर्ने कारण म देख्दिँन। पारस र म सेट भयौं भने हामीले यति तलसम्म सोच्नु पर्छ जस्तो मलाई लाग्दैन। त्यसैले सकारात्मक पक्षलाई हेर्नुपर्छ। हामी दुई सेट भयौं भने यस्तो अवस्था आउँछ जस्तो पनि लाग्दैन।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका सुशनले एकदम राम्रो खेले। विकेटअनुसारको बलिङ गरे। उनको प्रदर्शनबाट म एकदम खुशी छु। धेरैपछि लेफ्ट आर्म स्पिनरले यत्तिको निखारिएको प्रदर्शन गरेको छ, यो लयले निरन्तरता पाउनुपर्छ।

खेलाडीको अनुभवले आजको खेलमा फरक पार्‍यो। उनीहरूको ब्याटिङमा अनुभव प्रयोग भयो। ओमानको ‘ब्याटिङ डेप्थ’ पनि थियो। विकेटको भरपुर फाइदा पनि लियो।

अब हामी अर्को खेल जित्नका लागि खेल्छौं। अहिले के भयो भन्दा पनि सकारात्मक पक्षलाई लिनुपर्छ। बलिङ राम्रो भयो, तथापि केही सुधार आवश्यक छ। ब्याटिङमा अझ धेरै सुधार आवश्यक छ। अगाडिदेखि राम्रो गर्न सक्यौं भने हामी जित्न सक्छौं।

कोचको राजीनामाले टीमको प्रदर्शनमा केही फरक पारेको छैन। उहाँले शृंखलापछि छोड्न सक्छु भनेर हामीलाई पहिले नै भन्नु भएको थियो।

‘शरदको विकेट टर्निङ प्वाइन्ट’

जीसन मकसूद
कप्तान, ओमान

शुरूमै केही विकेट गुमाए पनि हामीले राम्रो खेल्यौं। म र नदिमबीचको सानो साझेदारी तथा नदिम र खुशीबीचको साझेदारीले ठूलो फरक पार्‍यो। लगभग २०० रनको योगफल बनाउन सफल भयौँ। यस्तो विकेटमा यो योगफल सम्मानजनक हो।

घरेलु टीमविरुद्ध खेल्न पक्कै पनि गाह्रो भयो। हाम्रोमा खेल्दा बल ब्याटमा राम्रोसँग आउथ्यो। यहाँ टर्निङ विकेट छ। बल रोकिएर आउँछ। लो बाउन्स छ। निश्चय नै देशबाहिर गएर खेल्दा यस्ता कुराको सामना गर्नैपर्छ। हामी यसमा केही भन्न सक्दैनौं। हामीले जस्तो पाउँछौँ त्यस्तैमा खेल्नुपर्छ र जित्नुपर्छ।

नेपालको टीम राम्रो छ। करण केसी जस्ता तीब्र गतिका बलर र सन्दीप जस्ता स्पिनरसँगै राम्रा ब्याट्सम्यान भएकाले सन्तुलित टीम छ। सही समयमा को चल्छ भन्ने हो। लय समात्ने मात्रै कुरा हो। जब उनीहरू लयमा फर्किन्छन्, पक्कै पनि राम्रो गर्नेछन्। त्यसैले मलाई लाग्छ नेपाल राम्रो टोली हो।

आजको जितमा सबभन्दा महत्वपूर्ण पक्ष शरदको विकेट रह्यो। र, कोचले भनेजस्तै सेट भइसकेका ब्याट्सम्यान आउट भएपछि तल्लोक्रमका ब्याट्सम्यानले राम्रो फिनिसिङ गर्न सकेनन्। हाम्रा बलरले आफ्नो जिम्मेवारी राम्रोसँग निभाए। त्यसैले शरदको विकेट नै खेलको ‘टर्निङ–प्वाइन्ट’ थियो।

नेपालमा दर्शकको उपस्थिति असाधारण थियो। हामीले पछिल्लो पटक २०१२ मा यहाँ खेलेका थियौं। त्यसैले यसबारे हामी जानकार थियौं। समर्थक हाम्रा लागि पनि आउने हुन्। हामी सधैँ उनीहरू आएको देख्न चाहन्छौं। हामी खाली रंगशालामा खेल्न चाहँदैनौं।

‘नेपाली दर्शकबाट सम्मान पाएँ’

मोहम्मद नदिम
म्यानअफ दी म्याच

मैले अर्धशतक बनाउँदा पनि समर्थकले सम्मान गरे। समर्थकले दुवै टोलीलाई समर्थन गरेको देखेर खुशी लाग्यो। धेरै देशहरूमा यस्तो देख्न पाइदैन। तर, नेपाली समर्थक सह्रानीय छन्। दुबै टीमलाई सम्मान गर्छन्। यो क्रिकेटका लागि सुखद् पक्ष हो।

‘खेल पटक - पटक मोडियो’
डुलीप मेन्डिस
प्रशिक्षक, ओमान
आज धेरै पटक खेल दुबै टीमको पक्षमा गयो। हामीले शुरूमा विकेट गुमाएर पनि १९८ रन बनायौं। हामीले शुरूमै विकेट लियौं। त्यो राम्रो शुरूआत थियो। तर, त्यसपछिको (शरद र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि गरेको ६२ रनको) साझेदारीले खेल पुनः नेपालको पक्षमा गयो।

तर, हामीले लगातार तीन विकेट हात पार्‍यौं। त्यसपछि खेल पुनः ओमानको पक्षमा आयो। शरदले फेरि बिनोदसँग ४३ तथा सन्दीपसँग ३८ रनको साझेदारी गरे। फेरि खेल नेपालको पक्षमा गयो। तर, यी तीन ब्याट्सम्यान आउट भएपछि खेल पुनः ओमानको पक्षमा आयो।

" /> काठमाडौं। भारतमा तीन वर्षपछि हुने एकदिवसीय क्रिकेट विश्वकपमा स्थानमा बनाउने खुड्किलोका रूपमा रहेको आइसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा आज नेपालले ओमानलाई १८ रनको नतिजा सुम्पिएको छ।

"> घरेलु मैदानको लाभ लिन कसरी चुक्यो नेपाल ?: Dekhapadhi
घरेलु मैदानको लाभ लिन कसरी चुक्यो नेपाल ?

प्रतिक्रिया दिनुहोस्