कश्मिरमा जनमतसङ्ग्रह गराउन पाकिस्तानले गर्‍याे अन्तर्राष्ट्रिय समुदायलाई आह्‍वान <p>काठमाडाैं। पाकिस्तानले कश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्र संघले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्&zwj;वान गरेको छ।&nbsp;</p> <p>कश्मिर ऐक्यबद्धता दिवसका अवसरमा आज काठमाडाैंमा भएको अन्तरसंवाद कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले ७० वर्षअघि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पारित गरेको कश्मिरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड दिए।</p> <p>दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि उक्त समस्या हल गर्नु अपरिहार्य भएको बताउँदै उनले बितेका ६ महीनामा उक्त क्षेत्रका जनता आधारभूत सेवाबाट वञ्चित भएकाले त्यसका निम्ति मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीसहित अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएकाेमा जोड दिए। ५० वर्षपछि राष्ट्रसङ्घको उक्त विवाद समाधान गर्ने प्रयासस्वरुप गत महीना छलफल भएको जानकारी दिँदै आफूहरू परिणामको प्रतीक्षामा रहेको उनले बताए।</p> <p>फरक प्रसङ्गमा उनले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको र त्यसलाई अझ प्रगाढ तुल्याउन आफू दृढ रहेको बताए। समय-समयमा दुवै देशबाट हुने उच्चस्तरीय भ्रमणले पारस्परिक सम्बन्धलाई नवीकरण गर्न र एकअर्कालाई नजिकबाट बुझ्न सहयोग पुगेको उनकाे भनाइ छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्