धनगढीमा नि:शुल्क हेल्मेट वितरण
<p>कैलाली। दुर्घटना न्यूनीकरणका लागि भन्दै धनगढीमा मोटरसाइकलमा पछाडि सवार यात्रुलाई नि:शुल्क हेल्मेट वितरण गरिएको छ।</p>
<p>सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले ३५० जनालाई निःशुल्क हेल्मेट वितरण गरेकाे हाे।</p>
<p>सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया प्रमुख लोकेन्द्र श्रेष्ठले धनगढीको संघीय प्रहरी इकाइ कार्यालयअगाडि हेल्मेड वितरण गरिएकाे बताए। उनका अनुसार जगदम्बा सिमेन्टको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्राप्त हेलमेट वितरण गरिएको हाे।</p>
<p>अन्य सवारीसाधन भन्दा पनि मोटरसाइकल दुर्घटनाको जोखिम बढी हुने भएकाले दोहोरो सुरक्षाका लागि हेल्मेट बाँडिएकाे उनकाे भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्
