बाजुरामा रुघाखोकीले दुईजनाको मृत्यु

काठमाडौं। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा रुघाखोकीका कारण दुईजनाको मृत्यु भएको छ।

रुघाखोकी र ज्वराेका कारण वडा नं. १ का ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए।

उनका अनुसार वडाभरि नै यो समस्या देखिएको छ। “स्थानीय स्वास्थ्यचौकीहरूमा उपचार भइरहेको छ, गाउँपालिकाबाट पनि तीनजनाको स्वास्थ्याकर्मी सो वडामा परिचालन गरेका छौं”, उनले भने।

जिल्लाबाट पनि स्वास्थ्यकर्मीको टोली आजै पुग्ने उनको भनाइ छ। “नेपालगञ्ज मेडिकल कलेजबाट पनि डाक्टरहरू बोलाएका छौं, प्रदेश सरकारसँग पनि सहयोग माग गरेका छौं”, शाहीले भने।

लक्षण हेर्दा भाइरल ज्वरोकै जस्तो देखिए पनि ल्याब टेस्ट नगर्दासम्म यकिन भन्न नसकिने स्वास्थ्यकर्मी बताउँछन्।

घरमै पुगेर स्वास्थ्य चाँज

प्रभावित क्षेत्र पुगेको स्वास्थ्यकर्मीको टोलीले उपचार शुरू गरेको छ। टोली घरघरमा गएर स्वास्थ्य चाँज गरिरहेको छ।

अहिलेसम्म ११० जना मध्ये ३५ जनामा रुघाखोकीको लक्षण देखिएको स्वामिकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य उपसंयोजक भक्तबहादुर कैलाले जानकारी दिए।

स्वामिकार्तिक खापरसँगै हिमाली गाउँपालिकाका पनि रुघाखोकीको प्रभाव देखिएको छ।

प्रतिक्रिया दिनुहोस्