काठमाडौं। उपत्यका भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ। सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर)को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले बताएको छ।

उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनकाअनुसार, विभागले अहिले वासिङ सेन्टर निर्माणका लागि धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ। उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरु हुने उनको भनाइ छ।

अहिले पाँच-छ ठाउँमा जग्गा हेरिरहेको र चाडैं उपयुक्त स्थान छनोट हुने उनले बताए। उपत्यकाबाहिरदेखि आउने सवारीसाधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारीसाधनले समेत उपत्यकाका सडक फोहर बनाइरहेको महानिर्देशक हमालले बताए।

काठमाडौँ उपत्यकाका सडक धुलो र हिलोका कारण उपत्यकावासी हैरान छन् । काठमाडौँ महानगरपालिका, ललितपुर मानगरपालिका, सडक विभाग लगायतले सडकको धुलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) सञ्चालन गरिरहेका छन् । सवारीसाधनबाटै भित्रने फोहर, निर्माण सामग्रीलगायतले दैनिक फोहर भित्र्याउँदा सडक धुलो र हिलोमुक्त भने बन्न सकेको छैन। रासस

" /> काठमाडौं। उपत्यका भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ। सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर)को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले बताएको छ।

उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनकाअनुसार, विभागले अहिले वासिङ सेन्टर निर्माणका लागि धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ। उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरु हुने उनको भनाइ छ।

अहिले पाँच-छ ठाउँमा जग्गा हेरिरहेको र चाडैं उपयुक्त स्थान छनोट हुने उनले बताए। उपत्यकाबाहिरदेखि आउने सवारीसाधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारीसाधनले समेत उपत्यकाका सडक फोहर बनाइरहेको महानिर्देशक हमालले बताए।

काठमाडौँ उपत्यकाका सडक धुलो र हिलोका कारण उपत्यकावासी हैरान छन् । काठमाडौँ महानगरपालिका, ललितपुर मानगरपालिका, सडक विभाग लगायतले सडकको धुलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) सञ्चालन गरिरहेका छन् । सवारीसाधनबाटै भित्रने फोहर, निर्माण सामग्रीलगायतले दैनिक फोहर भित्र्याउँदा सडक धुलो र हिलोमुक्त भने बन्न सकेको छैन। रासस

"> अब धोएर मात्रै काठमाडौं उपत्यकामा सवारी साधन प्रवेश, धादिङमा वासिङ सेन्टर बनाइने  : Dekhapadhi
अब धोएर मात्रै काठमाडौं उपत्यकामा सवारी साधन प्रवेश, धादिङमा वासिङ सेन्टर बनाइने
काठमाडौं। उपत्यका भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ। सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर)को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले बताएको छ।

उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनकाअनुसार, विभागले अहिले वासिङ सेन्टर निर्माणका लागि धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ। उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण शुरु हुने उनको भनाइ छ।

अहिले पाँच-छ ठाउँमा जग्गा हेरिरहेको र चाडैं उपयुक्त स्थान छनोट हुने उनले बताए। उपत्यकाबाहिरदेखि आउने सवारीसाधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारीसाधनले समेत उपत्यकाका सडक फोहर बनाइरहेको महानिर्देशक हमालले बताए।

काठमाडौँ उपत्यकाका सडक धुलो र हिलोका कारण उपत्यकावासी हैरान छन् । काठमाडौँ महानगरपालिका, ललितपुर मानगरपालिका, सडक विभाग लगायतले सडकको धुलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) सञ्चालन गरिरहेका छन् । सवारीसाधनबाटै भित्रने फोहर, निर्माण सामग्रीलगायतले दैनिक फोहर भित्र्याउँदा सडक धुलो र हिलोमुक्त भने बन्न सकेको छैन। रासस

प्रतिक्रिया दिनुहोस्