काठमाडौं। आइसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा नेपालको शुरूआत सुखद हुन सकेन। नेपालले आज ओमानलाई १८ रनको नतिजा सुम्पिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १९८ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा १७९ रन मात्र जोड्न सक्यो। नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ओमानलाई ब्याटिङको निम्तो दिएका थिए।
ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो।
शरद भेषावकरले अर्धशतक बनाए पनि टीमलाई जिताउन सकेनन्। ३७.५ ओभरमा खवार अलीको बलमा एक रन लिँदै शरदले अर्धशतक बनाएका हुन्। उनले अर्धशतक बनाउनेक्रममा ९६ बलमा ५ चौका हाने।
४३.१ ओभरमा आउट हुनुअघि शरदले १०८ बलमा पाँच चौकासहित ५५ रन बनाए। नेपालका ओपनरद्धय पारस खड्का (३) र ज्ञानेन्द्र मल्ल (१) शुरूमै आउट भएपछि शरद भेषावकर र उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाललाई सम्हालेका थिए।
दीपेन्द्रसिंह र शरदले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे। जुन नेपाली ब्याट्सम्यानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि बनाएको सबभन्दा ठुलो साझेदारी हो। यसअघि युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा पारस र सोमपाल कामीले २८ रनको साझेदारी गरेका थिए।
दीपेन्द्रसिंह ३६ रन बनाएर पवेलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका आरिफ शेख र रोहितकुमार पौडेलले लामो इनिङ खेल्न सकेनन्। आरिफ ६ रन बनाए भने रोहितकुमारले रन जोड्न सकेनन्।
त्यसपछि शरदले बिनोद भण्डारीसँग छैठौं विकेटका लागि ४३ रनको साझेदारी गरे। जुन एकदिवसीय अन्तर्राष्ट्रिय छैठौं विकेटका लागि नेपाली ब्याट्सम्यानले बनाएको दोस्रो ठुलो साझेदारी हो। यसअघि युएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा आरिफ र रोहितकुमार ८२ रनको साझेदारी गरेका थिए।
विनोदले २५ बलमा दुई चौका र एक छक्का हाने। विनोद आउट भएपछि नेपालको सम्भावना कमजोर बनेको थियो। विनोद आउट भएलगत्तै करण केसी पनि शुन्यमा पवेलियन फर्किए।
त्यसपछि शरद र सन्दीपले आठौं विकेटका लागि ३८ रनको साझेदारी गर्दै नेपालको आशा कायम राखे। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ब्याट्सम्यानले आठौं विकेटका लागि बनाएको यो सबभन्दा ठूलो साझेदारी हो।
तर ४४औं ओभरको पहिलो बलमा शरद आकिब इलियासको बलमा एलबिडब्यू आउट भएपछि घरेलु टोलीको आशा समाप्त बनेको थियो।
२८ रन बनाएका सन्दीप पनि आउट भएपछि ओमानको प्लेयर बक्समा खुशी छाएको थियो।
सुशन भारी र अभिनाष बोहराले समान आठ रन बनाए।
ओमानका जीशन मक्सूदले तीन विकेट लिए भने बिलाल खान र कालीमुल्लाहले समान दुई विकेट लिए। मोहम्मद नादीम, खवार अली र इलियासको नाममा एक एक विकेट रह्यो।
त्यसअघि मोहम्मद नादीमले अविजित ६९ रन बनाएपछि ओमान १९७ रन बनाउन सफल भएको थियो। ओमानका सन्दीप गोउदले ३३ तथा नासीम खुशीले २८ रन बनाए। जीशन मकसूदले २० तथा अकिब अलियासले १६ रन बनाए।
नेपालका करण केसीले चार विकेट लिए। करणले नौं ओभरमा एक मेडन राख्दै ४७ रन दिए। त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका सुशनले दश ओभरमा एक मेडन राख्दै १४ रन दिएर तीन विकेट लिए।
दीपेन्द्रसिंहको नाममा एक विकेट रह्यो। ओमानले भोली अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले २५ माघमा अमेरिकासँग खेल्नेछ।