विराटनगरमा ‘महाभोज’

विराटनगर। विराटनगरको सुशीला कोइराला नाटकघरमा नाटक ‘महाभोज’ मञ्चन गरिएको छ।

मण्डला थिएटरको प्रस्तुति रहेको ‘महाभोज’ प्रदेश १ सरकारको सहकार्यमा मञ्चन गरिएको हो।

नाटकमा राजनीतिक स्वार्थपूर्तिका लागि सर्वसाधारणको पीडा, व्यथालाई कसरी प्रयोग गरिन्छ र यसमा प्रहरी एवम् मिडिया पनि राजनीतिक नेतृत्वकै वरिपरि कसरी घुम्छन् भन्ने विषय समेटिएको छ।

नाटक हेरेपछि मुख्यमन्त्री शेरधन राईले नाटकले अहिलेको यथार्थ बोलेको बताए। उनले कलाकर्मीहरूले सरकारको स्वस्थ आलोचना गरे सरकार सही बाटोमा हिँड्ने बताए।

भारतीय साहित्यकार मन्नु भण्डारीको उपन्यास ‘महाभोज’लाई नेपाली रुपान्तरण गर्दै नाटक विप्लब प्रतीकले बनाएका हुन्। नाटक ‘महाभोज’को निर्देशन अनुप बरालले गरेका हुन्।

नाटकमा रमेश बुढाथोकी, राजन खतिवडा, दिया मास्के, शेखर चापागाई, बुद्धि तामाङ, प्रदीपकुमार चौधरी, विजय बराल, सोमनाथ खनाललगायतका कलाकारहरूको अभिनय छ।

नाटक भोलि, २३ माघसम्म आरोहण गुरुकुल विराटनगरको सुशीला नाटक घरमा मञ्चन हुनेछ।

प्रतिक्रिया दिनुहोस्