‘चपली हाइट-३’ ले एकजना दर्शकलाई बैंकक घुमाउने

काठमाडौं। चलचित्रहरूले प्रचारको नयाँ-नयाँ शैली अपनाउँदै आएका छन्। त्यसका लागि विभिन्न योजना अघि सार्ने गर्छन्।

यहीबीचमा २८ चैतबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चपली हाइट-३’ ले दर्शकलाई बैंकक घुमाउने उपहार योजना अगाडि सारेको छ।

त्यसका लागि ‘चपली हाइट-३’ को सार्वजनिक भएको ‘चारआनाको मसला’ बोलको गीतमा टिकटक बनाउनुपर्नेछ। उत्कृष्ट टिकटक बनाउने एकजनालाई बैंकक घुमाइने फिल्मका निर्माता अर्जुन कुमारले जानकारी दिए।

सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडिओमध्ये एउटालाई विजेता घोषणा गरिनेछ।

निकेश खड्काको निर्देशनमा बनेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ।

यो चलचित्रका अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए।

निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो।

प्रतिक्रिया दिनुहोस्