आईसीसी क्रिकेट विश्वकप लिग–२ : पारस र ज्ञानेन्द्र आउट

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा ओमानविरुद्ध १९८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का पवेलियन फर्किएका छन्।

ज्ञानेन्द्र चौथो ओभरको पाँचौ बलमा कालिमुल्लाहको बलमा मोहम्मद नादीममार्फत क्याच भए। ज्ञानेन्द्रले १२ बलमा एक रन बनाए।

अर्का ओपनर पारसले पनि लामो इनिङ खेल्न सकेनन्। उनले १४ बलमा तीन रन मात्र बनाए। पारस आउट हुँदा नेपाल ४–२ को स्थितिमा थियो।

१४ ओभर सकिँदा अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी र शरद भेषावकर छन्। नेपालले ४४ रन जोडेको छ।

मोहम्मद नादीमले अविजित ६९ रन बनाएपछि ओमानले नौं विकेट गुमाएर १९७ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्