ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाण्डौ। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच एकदिवसीय अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला हुन लागेको हो।

नेपालले ओमानसँग खेलेर आईसीसी क्रिकेट विश्‍वकप लिग-२ को शुरुआत गरेको छ।

नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्‍वकप छनोटबाट एकदिवसीय अन्तर्राष्‍ट्रियको ऐतिहासिक उपलब्धि हात पारेको थियो।

त्यसयता ६ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्‍ट्रिय खेलेको थिएन।

त्रिकोणात्मक शृंखलामा सहभागी अर्को टोली अमेरिका ८ मध्ये ६ खेल जितेर लिग-२ को शीर्ष स्थानमा छ।

यो प्रतियोगितामा नेपालले पहिलो पटक आफ्नै मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल्दैछ।

प्रतिक्रिया दिनुहोस्