विश्वकप लिग-२ : ओमानविरुद्ध नेपाल खेल्दै

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज कीर्तिपुरस्थित मैदानमा ओमानविरुद्ध नेपालले खेल्दैछ।

नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्‍वकप छनोटबाट एकदिवसीय अन्तर्राष्‍ट्रियको ऐतिहासिक उपलब्धि हात पारेको थियो।

त्यसयता ६ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्‍ट्रिय खेलेको थिएन।

नेपालले ओमानसँग खेलेर आईसीसी क्रिकेट विश्‍वकप लिग-२ को शुरुआत गर्न लागेको हो।

त्रिकोणात्मक शृंखलामा सहभागी अर्को टोली अमेरिका ८ मध्ये ६ खेल जितेर लिग-२ को शीर्ष स्थानमा छ।

क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आयोजना गरेको यो प्रतियोगिता आफ्नै मैदानमा शुरू हुँदै गर्दा आईसीसीबाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन भर्खरै सशर्त फुकुवा भएको छ।

यो प्रतियोगितामा नेपालले पहिलो पटक आफ्नै मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल्दैछ।

जुन नेपाली क्रिकेटकै अर्को सुखद पक्ष भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्।

प्रतिक्रिया दिनुहोस्