ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ
<p>राजविराज। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका-१५ का वडा अध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>यादवलाई व्यक्ति हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।</p>
<p>२१ माघमा पक्राउ परेका यादवलाई जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
