अशोकनाथ प्याकुरेल
सचिव, क्यान
हाम्रा निम्ति प्रतियोगिताको व्यवस्थापन नै एउटा मुख्य चुनौती थियो। क्यान निलम्बनपछि भर्खरै सशर्त फुकुवा भएको अवस्थामा छ। तर, हाम्रो अफिस नै राम्रोसँग स्थापना भएको थिएन। आर्थिक स्रोतको व्यवस्था अहिलेसम्म पनि भएको छैन। जनशक्तिको अवस्था पनि त्यस्तै छ।
क्यान नैै भर्खर मात्र पुनर्स्थापित भएको अवस्थामा यो स्तरको प्रतियोगिता आयोजना गर्नु आफैंमा चुनौतीपूर्ण हो। अफिस पूर्णरूपमा स्थापना भएर व्यवस्थापन भएको आवस्थामा गर्नुपर्ने काम हामीले अहिले गरिरहेका छौं। त्यसैले हामीलाई यो प्रतियोगिता गर्नु नै चुनौती हो।
यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसक्दा हाम्रा लागि अवसर बन्नेछ। हामीले यसमा सम्पूर्ण स्रोत, साधन र तागत लगाएका छौं। अब पूर्णरूपमा व्यवस्थित भएपछि यो भन्दा ठूलो-ठूलाे कार्यक्रम गर्न सकौँला।
आईसीसीले अहिले केही नबोले पनि हामीलाई नजिकबाट नियालिरहेको छ। बाहिर उहाँहरूले नबोले पनि क्यानले साँच्चै गर्न सक्छ भन्ने आईसीसीलाई लागिरहेको होला।
आईसीसीको ‘फन्डिङ’मा अझै पनि केही अस्पष्टता छन्। हामी पुनर्स्थापित हुनुअगावै उहाँहरूले खर्च गरिसक्नु भएको छ। ठूलो-ठूलो खर्चहरू- जस्तै होटल, यातायात, कतिपय अफिसियलहरूको यातायात तथा शुल्कहरूमा आईसीसीले सीधै ‘डिल’ गरेको छ। कति कुरा हामीले स्थानीय स्तरमा गरेका छौं। यी सबै कुरा नआई यति खर्च लाग्छ भन्न सक्ने अवस्था छैन। ८५ हजार डलरको हाराहारीमा खर्च हुने अनुमान गरेका छौं।
यहीबेला मुख्य प्रशिक्षकको राजीनामा घोषणा भएको छ। क्यान नभएको बेला आईसीसीले सीधै सम्झैता गर्न पनि नमिल्ने। नेपालकै कुनै संस्थासँग मिलेर गर्नुपर्ने, आईसीसीले ‘फन्ड’ राखेपलाई पठाउने, राखेपले क्यानको तर्फबाट सम्झैता गर्ने लगायतका प्राविधिक कठिनाइ थिए। सम्झौता कोच र राखेपबीच हुने हो। यस्तो प्राविधिक कारण कहाँ राजीनामा दिने, कसले स्वीकृत गर्ने, ‘टर्म एन्ड कन्डिसन’ कस्तो हो भन्ने अन्योल भएर यस्तो अवस्था आएको हो।
नेपालको क्रिकेट हेर्ने काम क्यानले नै गर्ने हो। यसमा आईसीसी स्पष्ट छ। नेपाली क्रिकेटको सम्बन्धमा सबै कुरा क्यानले गर्ने भन्ने कुरामा कुनै दुविधा छैन। क्यानमाथि विश्वास भएरै फुकुवा भएको १० दिनमा आईसीसीले यति ठूलो प्रतियोगिता गर्ने जिम्मेवारी दिएको हो। यो प्रतियोगिता नेपाललाई दिनु नै आईसीसीले क्यानमाथि गरेको ठूलो विश्वास हो भनेर हामीले बुझ्नुपर्छ।
चतुरबहादुर चन्द
अध्यक्ष, क्यान
प्रशिक्षकको राजीनामाबारे हामीलाई दुई साताअघि बोधार्थ आएको हो। प्रतियोगिताअघि यस्तो कुरा बाहिर नआओस् भन्ने लागेको थियो। कहाँबाट आयो थाहा भएन। तर, त्यसले टीमको प्रदर्शनमा कुनै असर नपर्ने गरी हामीले काम गरेका छौं।
खेलाडीलाई दिने सेवा सुविधामा कुनै कमी छैन। प्रतियोगिताको तयारीका लागि हामीले सक्दो प्रयास गरेका छौं। काम गर्ने क्रममा केही कमजोरी भएको हुन सक्छ, हामी त्यसलाई सुधार गर्नेछौं।
" />

">