कर्णाली सरकारले कर्मचारीको सेवा–सुविधामा विशेष व्यवस्था गर्ने
सुर्खेत। कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘समृद्ध कर्णाली, सुखारी कर्णाली’ निर्माणको अभिभारा प्रदेश सभाको काँधमा आएको बताएका छन्।

प्रदेश सभा स्थापना दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रदेश सरकारलाई जनउत्तरदायी बनाउनुका साथै सक्रिय विधायिकीय जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

प्रदेश प्रमुख कलौनीले प्रदेश सभा र प्रदेश सरकारलाई सबैभन्दा विकट एवं पिछडिएको कर्णालीलाई समृद्ध बनाउने चुनौती रहेको बताउँदै भने, “प्रदेश सरकारले स्थानीय तहसमेतको सहभागिता र अपनत्व हुने गरी विकास निर्माणका आयोजना सञ्चालन गर्नुपर्दछ।”

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा कर्मचारीलाई बस्ने वातावरण मिलाउन सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेको जानकारी दिँदै प्रदेश निजामती ऐन निर्माण गर्दा सम्पूर्ण कर्मचारीको सेवा–सुविधामा विशेष व्यवस्था गरेर आकर्षणको केन्द्रविन्दु बनाइने बताए।

सभामुख राजबहादुर शाहीले संसदीय कामकारबाहीमार्फत् प्रदेश सरकारलाई निगरानी गर्ने काम भइरहेको तथा प्रदेश सभा कानून निर्माणमा नागरिकसँग जोडिन भिडिओ कन्फरेन्सिङ विधि अपनाएको बताए।

प्रतिक्रिया दिनुहोस्