काठमाडौं। केही दिनयता चार वटा नेपाली चलचित्र फेसबुकमार्फत् सार्वजनिक भएका छन्। ‘वीरविक्रम–२’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘क्याप्टेन’ र ‘जात्रैजात्रा’ अचानक सामाजिक सञ्जालमा सार्वजनिक भए। अनधिकृत रूपमा कुनै पनि दृष्य सामग्री प्रशारण गर्ने यस्तो अभ्यास ‘पाइरेसी’का नामले चिनिन्छ। र, ठूलो लगानी र मिहिनेत परेका चलचित्र पाइरेसीको शिकार बनेपछि चलचित्रकर्मी मारमा परेका छन्।
यी चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले किनेको थियो। कम्पनीका प्रबन्ध निर्देशक ओम अग्रवालका अनुसार एउटा चलचित्रको डिजिटल अधिकार ३० देखि ३५ लाख रूपैयाँमा किनिएको छ।
हलबाहेक अन्य डिजिटल प्लेटफर्महरूमा प्रदर्शनमा ल्याउने अधिकार ओएसआरको हो। फेसबुकमार्फत् पाइरेसी भएसँगै उनी तनावमा छन्। “पाइरेसीले व्यापार नै चौपट बनायो। लाखौंको संख्यामा फेसबुकमा चलचित्र हेरिसकिएको छ। पूरै लगानी डुब्ने चिन्ता छ”, उनले देखापढीसँग भने।
नेपालबाहेक अन्य मुलुकमा प्रदर्शन गर्न र विभिन्न स्ट्रिमिङ साइटमा बेच्ने अधिकार ओएसआरलाई हुन्छ। तर, अब पाइरेसी भएको थाहा पाएपछि कसैले पनि नकिन्ने उनको दुःखेसो छ। डिजिटल स्टोरबाहेक ‘कबड्डी कबड्डी कबड्डी’ बेलायत, ओमान र मलेसियामा चलाउन बाँकी छ। ‘जात्रैजात्रा’ कतारमा पनि प्रदर्शनमा ल्याउने तयारी थियो।
चलचित्रको अनधिकृत प्रयोग हुन थालेपछि अग्रवालले महानगरीय अपराध महाशाखा, टेकुमा उजुरी दिएका छन्। “उजुरी दिएको एक साता बितिसक्यो। प्रहरी अझै अनुसन्धानकै क्रममा छ भन्छ। तर, गम्भीर देखिएको छैन” उनले दुःखेसो पोखे।
महानगरीय अपराध महाशाखाले भने डिजिटल अपराध भएकाले अनुसन्धानको निष्कर्षमा पुग्न केही समय लाग्ने जनाएको छ। महाशाखाका प्रवक्ता, एसपी मुकेशकुमार सिंहले प्राविधिक रूपमा पाइरेसी प्रमाणित भएपछि त्यसमा संलग्नविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने बताए। “अहिले अनुसन्धान जारी छ। कसले, कहाँबाट कसरी पाइरेसी गर्यो भनेर प्राविधिक जाँच भइरहेको छ। केही समयमै पाइरेसी गर्नेलाई पक्राउ गरेर मुद्दा चलाउँछौं” उनले भने।
आफ्नो निर्देशन तथा लगानीमा बनेको चलचित्र ‘वीरविक्रम–२’ पाइरेसी भएपछि निर्देशक मिलन चाम्सले फेसबुकमार्फत् दुःख व्यक्त गरेका छन्। “हामी करोडौं खर्च गरी, रात–दिन दुःख गरेर फिल्म बनाउँछौं। तपाईंहरू फेसबुकमा केही नसोची पूरै फिल्म हालिदिनुहुन्छ। यसरी त नेपाली सिनेमालाई बाँच्न गाह्रो हुन्छ”, उनले सामाजिक सञ्जालमा लेखेका छन्।
‘वीरविक्रम–२’ भिडिओे पसल नामक पैसा तिरेर हेर्न मिल्ने स्ट्रिमिङ साइटमा राखिएको थियो। त्यहीँबाट डाउनलोड गरेर फेसबुकतिर हालिएको हुन सक्ने चाम्सको अनुमान छ।
पाइरेसीको समस्या नयाँ होइन
यसअघि पनि पाइरेसीको मुद्दा नउठेको होइन्। तर, सरोकारवाला निकाय मौन बसेको देखिन्छ। चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ, चलचित्र संघजस्ता सरोकारवाला निकायले यस विषयमा गम्भीर बन्न नसकेको चाम्स गुनासो गर्छन्।
‘जात्रैजात्रा’का निर्माता रवीन्द्रसिंह बानियाँ लगानी उठाउने आधार नै डिजिटल प्लेटर्फम भएको बताउँछन्। “चलचित्रहरूलाई घरेलु बजारबाट लगानी उठाउन गाह्रो हुन्छ। विदेशमा चलाएर र डिजिटल राइट बेचेरै लगानी उठाउने हो। तर, यसरी पाइरेसी हुँदा सबै बाटो ठप्प पारिदिन्छ”, उनले भने।
तीन वर्ष अगाडि २३ वर्षीया युवक कृष्ण सुवेदीमाथि चलचित्र ‘छक्का–पञ्जा’ पाइरेसी गरेको आरोप लागेको थियो। त्यसपछि उनले आत्महत्या गरे। निर्माता दीपकराज गिरीमाथि सुवेदीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लाग्यो। त्यसपछि उनी यस्तो आरोप लगाउन निकै डराउँछन्।
उक्त घटनापछि यस्ता विषयमा बोल्दा निकै गाह्रो हुने गरेको गिरीको भनाइ छ। “यो घटनापछि पीडित फिल्मकर्मीसमेत हतोत्साहित हुने गरेका छन्। हामीहरूले फेसबुकमा मात्र पीडा पोख्न सकिरहेका छौं,” उनले भने।
गिरीको जस्तो समस्या निर्माता बानियाँले पनि भोगेका छन्। चलचित्र ‘जात्रैजात्रा’ पाइरेसी गर्ने व्यक्तिसम्म बानियाँ पुगे। तर, अमेरिकामा बस्दै आएका ती व्यक्तिले प्रहरीमा उजुरी गरे आत्महत्या गर्ने धम्की दिए। त्यसपछि बानियाँले उजुरी गरेनन्।
“मैले अमेरिकामा बसेका ती भाइले लहडमा गरेको गल्तीमा कारबाही प्रक्रिया बढाउँदा उनको करिअर बिग्रने देखें। कसैको करिअर र जीवन भन्दा मलाई आउने पैसा, मेरो फिल्म ठूलो होइन भनेर चुपचाप बस्न बाध्य भएँ !” बानियाँले फेसबुकमा लेखेका छन्।
संविधानले बौद्धिक सम्पत्तिलाई मौलिक हक मानेको छ । अनधिकृत प्रतिलिपिहरू पैठारी गरेमा १० हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २८ मा छ ।
त्यस्तै, प्रतिलिपि हनन् गर्नेबाट नोक्सानीको क्षतिपूर्तिसमेत भराउनुपर्ने कानूनी व्यवस्था छ। तर, यस्ता कानूनले अहिलेसम्म पीडितलाई सहयोग नगरेको निर्माता तथा कलाकार गिरी बताउँछन्।