सुन तस्करीको आराेपमा माेरङमा एक भारतीय पक्राउ
<p>माेरङ। सुन तस्करी आराेपमा मोरङ प्रहरीले एक भारतीयलाई आज पक्राउ गरेको छ।</p>
<p>भारत विहार राज्यको कटिहार ग्राम पञ्चायत वडा नं २० का ६२ वर्षीय चन्दन भौमिकलाई विराटनगर भन्सार ढोकाबाट पक्राउ गरिएको हो।</p>
<p>भौमिकलाई सुनका दुइटा चुरासहित नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
