सर्यो डीपीएलको मिति
<p>काठमाडौं। धनगढी प्रिमियर लिग (डीपीएल)को मिति सारिएको छ। धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्ने डीपीएलको चौथो संस्करण अब २४ अक्टोबरदेखि ७ नोभेम्बरसम्म हुनेछ।</p>
<p>यसअघि १५–२७ फेब्रुअरीका लागि डीपीएलको मिति तोकिएको थियो।</p>
<p>एकेडेमीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डरका कारण प्रतियोगिताको मिति सार्न बाध्य भएको जनाएको छ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
