काठमाडौं। छिमेकी राष्ट्र भारतमा तीन वर्षपछि हुने आईसीसी एकदिवसीय विश्वकपका लागि पहिलो खुट्किलो चढ्ने क्रममा नेपालले २२ माघदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्दैछ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको यो पहिलो खेल हो। नेपालले पहिलो खेल नै घरेलु मैदानमा खेल्न पाएको छ। त्रिवि क्रिकेट मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको पनि यो पहिलो पटक हो।
शुरूमा पिच, आउटफिल्डलगायत अन्य सुविधाका कारण आईसीसीले त्रिवि क्रिकेट मैदानलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नदिने हो कि भन्ने चिन्ता थियो। तर, न्यूनतम आधरभूत आवश्यकता पूरा गरेपछि आईसीसीले नेपाललाई त्रिकोणात्मक शृंखला आयोजना गर्ने अनुमति दिएको हो।
श्रीलंकाबाट आएका क्युरेटर बन्दुलाले नेपालका मधु तामाङसँगको सहकार्यमा विगत दुई महीनादेखि पिच तयार गरिरहेका छन्। नेपालले पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पिच कस्तो बन्दैछ भन्ने चासो सर्वत्र छ।

“ब्याटिङ पिच नै भनौं न। बाउन्स राम्रो छ। तर, स्पिनरलाई पनि हुन्छ। विकेट हामीले बलर र ब्याट्सम्यानलाई हुने गरी बनाएका छौं,” देखापढीसँगको कुराकानीमा पिच क्युरेटर तामाङले भने, “तर, ब्याट्सम्यानले पनि राम्रोसँग खेल्नुपर्यो। जस्तो पायो त्यस्तो सट खेलेर त भएन। खेलाडीले खेल्न सक्ने खालको राम्रो पिच बनाएका छौं।”
त्रिकोणात्मक शृंखलमा नेपालले ओमान र अमेरिकासँग समान दुई खेल खेल्नेछ। २२ माघमा नेपालले पहिलो खेल ओमानविरुद्ध खेल्नेछ। २५ माघमा अमेरिकाविरुद्ध खेल्नेछ। २६ माघमा पुनः ओमानसँग खेल्ने नेपालले अन्तिम खेल २९ माघमा अमेरिकाविरुद्ध खेल्नेछ। ओमान र अमेरिकाबीच पनि दुई खेल हुनेछ।
त्रिवि क्रिकेट मैदान स्पिन बलरका लागि सहज मानिन्छ। पहिल्यैदेखि नेपालको प्रमुख हतियार पनि स्पिन बलिङ नै हो। यसपटक पनि नेपालले स्पिनरबाट ठूलै आश गरेको छ। सन्दीप लामिछाने, ललितनारायण राजवंशी ११ भित्र पर्ने लगभग पक्का छ। सुशन भारीले पनि मौका पाउन सक्छन्।
आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि बनाइएको पिचले स्पिनरलाई सहयोग गर्छ त?
“नेपालमा जस्तो विकेट बनाए पनि अन्तिममा स्पिन टर्फ हुन्छ नै। स्पिन भनेर धेरै टर्न गर्ने विकेट त होइन। तर, राम्रो बलरले घुमाउन सक्छ,” २०५८ सालदेखि पिच क्युरेटरका रूपमा काम गरिरहेका तामाङले भने।

चिप क्युरेटर बन्धुलाको मातहतमा तामाङसहित १५ जनाको टोलीले तेह्रौं दक्षिण एशियाली खेलकुदपछि त्रिवि क्रिकेट मैदानमा पिच बनाउन लागिपरेका छन्। उनीहरूले गरेको मिहिनेतलाई काठमाडौंको मौसमले भने चुनौती दियो।
“चिसोको कारण जति हरियो हुनुपर्ने हो, त्यति भएन। पुरानो घाँस भएको ठाँउमा चै हरियो छ, नयाँ घाँस रोपेको ठाँउमा चै शितका कारण जति मुना छोड्नु पर्ने हो त्यति छोड्न सकेन,” त्रिवि मैदानमा १८ वर्ष बिताइसकेका तामाङले भने, “विकेट राम्रोसँग कभर गर्न पाएको भए अझ राम्रो घाँस देखिन्थ्यो। तथापी खेल्ने विकेटमा त ठिकै छ। साइड विकेटमा पनि राम्रो हुन्थ्यो।”
विकेटमा घाँस हुँदा र नहुँदाको फरक
“विकेटमा घाँस हुँदा बल राम्रो सँग ब्याटमा आउँछ। बल रोकिदैन। घाँसमा बलर र ब्याट्सम्यान दुवैलाई सहयोग गर्छ,” क्युरेटर तामाङले भने, “तर, फ्लाट विकेटमा बल फस्ने सम्भावना हुन्छ। चार-पाँच ओभर फाल्दा एक दुई बल फस्न सक्छ। तर, घाँसमा त्यस्तो हुँदैन ब्याटमा बल आउँछ।”
तामाङ विकेटमा आफूहरूले सोचेजस्तो गरी घाँस नआएको बताउँछन्। बिहान मोइस्चर हुने कारणले करीब १० विकेटसम्म टिकेर खेल्न उनको सुझाव छ। ब्याट्सम्यानले मज्जाले खेले भने यस्तो विकेटमा करीब २७०–२८० रन बन्न सक्ने उनको आकलन छ।

आउटफिल्ड पनि राम्रो बनेको तामाङ बताउँछन्। “आउटफिल्ड राम्रो बनेको छ। लेबलिङ राम्रो छ। स्लोपिङ पनि राम्राे छ। यस्तो चिसो माैसममा यत्तिको हरियो हुनु राम्रो हो। यो भन्दा राम्रो हुन चैत-वैशाखकै मौसम चाहिन्छ,” उनी भन्छन्।
आईसीसी क्रिकेट विश्वकप लिग–२ के हो ?
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा सात टीम छन्। २०२२ सम्म चल्ने लिग–२ शीर्ष तीनमा रहने टोलीले सीधै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। जहाँ सुपर लिगको पुछारमा रहने पाँच टीम तथा प्लेअफको शीर्ष दुई स्थानमा रहने टीम गरी ९ राष्ट्र रहनेछन्।
आईसीसी क्रिकेट विश्वकप लिग–२ का बाँकी चार टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नेछन्। प्लेअफमा विश्व क्रिकेट लिगको शीर्ष दुई र आईसीसी क्रिकेट विश्वकप लिग–२ का बाँकी चार टीम गरी ६ टीम हुनेछन्।