काठमाडौं। २८ चैतबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ।
केही दिन अगाडि छायाङ्कन पूरा भएको फिल्मको पहिलो गीत ‘हात्ती ढुंगामा’ गीत आज सार्वजनिक गरिएको हो। पृथक शैलीमा तयार पारिएको गीतमा सागर आले र मेलिना राईको स्वर छ भने कल्याण सिंहको संगीत र हर्क साउदको शब्द छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडिओमा नायक प्रदीप खड्का र नव–अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन्। गीतले यी दुईको प्रेम भाव बोल्छ। १०० बढी कोरस राखेर मनाङमा खिचिएको गीतको भिडिओमा प्रदीप र क्रिस्टिनालाई फरक गेटअपमा देख्न सकिन्छ।
छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको चलचित्रमा प्रदीप र क्रिस्टिना ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन्। शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि फिल्ममा अभिनय छ।
तीन करोड बढीको लागतमा निर्माण भएको चलचित्रमा डेढ सय वर्ष अगाडिको प्रेमकथा रहेको चलचित्र निर्माण पक्षले जनाएको छ।
" /> काठमाडौं। २८ चैतबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ।केही दिन अगाडि छायाङ्कन पूरा भएको फिल्मको पहिलो गीत ‘हात्ती ढुंगामा’ गीत आज सार्वजनिक गरिएको हो। पृथक शैलीमा तयार पारिएको गीतमा सागर आले र मेलिना राईको स्वर छ भने कल्याण सिंहको संगीत र हर्क साउदको शब्द छ।

">