राजश्व छली ल्याएका मोबाइलसहित तिब्तियन नागरिक पक्राउ <p>काठमाडौं। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले राजश्व छली ल्याएका १८९ थान मोबाइलसहित एक जना तिब्तियन नागरिकलाई पक्राउ गरेको छ।&nbsp;</p> <p>प्रहरीले आज बिहान काँकरभिट्टाबाट काठमाडौंका लागि छुटेको प्रदेश नम्बर३&ndash;०१&ndash;००६ ख ०२४४ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा बसको डिकीमा दुई वटा सुटकेशमा लुकाई ल्याएको रेड मी ए सेभेन मोबाइल १८९ थान र चार्जर १९७ थान वेवारिसे अवस्थामा बरामद गरेको हो।</p> <p>बरामद मोबाइल उनकै भएको शंकामा प्रहरीले&nbsp;एक महीना अगाडिदेखि काठमाडौं बस्दै आएका तिब्तियन नागरिक स्याङ्गेन गेलाई नयाँबसपार्कबाट नियन्त्रणमा लिएको छ।</p> <p>यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।&nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्