काठमाडौं। लामो समयदेखि अन्योलमा रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को अन्ततः प्रदर्शन मिति तय भएको छ। बेलायतमा छायांकन गरिएको ‘सम्हालिन्छ कहिले मन’ ५ भदौ २०७७ मा प्रदर्शनमा आउने पक्का भएको हो।
यो चलचित्र यसै वर्षको २९ भदौमा नै प्रदर्शनमा आउने तयारी थियो। तर, यो मितिमा चलचित्र ‘पासवर्ड’ रिलिज भएपछि प्रदर्शन स्थगित गरिएको थियो। यसमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ मूख्य भूमिकामा छन्।
सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा अमित बस्नेतको लगानी छ। अर्को वर्षको तीजमा योसँगै अन्य दुई चलचित्र पनि प्रदर्शनमा आउने छन्।
पूजा र आकाश रहेको फिल्म ‘मन परेसी’ र २० माघमा घोषणा गरिएको ‘के घर के डेरा’ पनि त्यही मितिमा प्रदर्शनमा आउँदैछन्। ५ भदौमा ‘सम्हालिन्छ कहिले मन’ आउने भएपछि ‘मन परेसी’ को रिलिज मिति सर्ने बताइएको छ।
एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको ‘सम्हालिन्छ कहिले मन’मा पूजा र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरूको पनि अभिनय छ।
यो चलचित्रबाट नायकको रूपमा गायकसमेत रहेका सोनम तोप्देनले डेब्यू गर्दैछन्। चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ।
" /> काठमाडौं। लामो समयदेखि अन्योलमा रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को अन्ततः प्रदर्शन मिति तय भएको छ। बेलायतमा छायांकन गरिएको ‘सम्हालिन्छ कहिले मन’ ५ भदौ २०७७ मा प्रदर्शनमा आउने पक्का भएको हो।

">