काठमाडौं। गणेशमान सिंहको स्मृतिमा आयोजना हुने रोड रेसको दोस्रो संस्करण पाँच वर्षपछि हुने भएको छ। आयोजक रुट्स फेसन प्रालिले आउँदो २४ फागुनमा काठमाडौंमा प्रतियोगिता हुने जानकारी दिएको छ।
एडीडास शोरुम दरबारमार्गबाट विहान ७ बजे शुरू हुने दौड काठमाडौंका विभिन्न भागको परीक्रमा गरी पुन: दरबारमार्गमै आएर टुंगिनेछ।
महिला र पुरूष दुवैका लागि १० किलोमिटरको दूरी राखिएको छ। दुवै समूहका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
सन् २०१४ मा गणेशमानको स्मृतिमा पहिलोपटक रोड रेस भएको थियो। रूट्स फेशन प्रालिका प्रवन्ध निर्देशक सन्जिव तुलाधरले अब यो प्रतियोगितालाई निरन्तरता दिने जानकारी दिए।
रोड रेसका निर्देशक सुशीलनरसिंह राणाले राष्ट्रिय प्रतियोगितालाई पनि मध्यनजर गर्दै रोड रेसमा १० किलोमीटरको दुरी निर्धारण गरिएको बताए।
" /> काठमाडौं। गणेशमान सिंहको स्मृतिमा आयोजना हुने रोड रेसको दोस्रो संस्करण पाँच वर्षपछि हुने भएको छ। आयोजक रुट्स फेसन प्रालिले आउँदो २४ फागुनमा काठमाडौंमा प्रतियोगिता हुने जानकारी दिएको छ।एडीडास शोरुम दरबारमार्गबाट विहान ७ बजे शुरू हुने दौड काठमाडौंका विभिन्न भागको परीक्रमा गरी पुन: दरबारमार्गमै आएर टुंगिनेछ।

">