काठमाडौं। हेटौंडा उपमहानगरपालिका–११ की तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। भुजेलको शव ४ माघमा हेटौंडाकै क्याम्पडाँडामा भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज विहान पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको हो। अनुसन्धान शुरू गरेको १६ दिनपछि प्रहरीले अजिता हत्यामा संलग्न पक्राउ गर्न सफल भएको हो। अनुसन्धानमा सहयोग गर्न अपराध महाशाखाको टोलीसमेत खटिएको थियो।
“अनुसन्धानमा हामीले कुकुरकोसमेत प्रयोग गरेका थियौं। करिब २५० जनासँग सोधपुक्ष गरियो”, मकवानपुरका एसपी शुशिलसिंह राठौरले भने,“गहन रूपले अनुसन्धानमा खटिएकै कारण हत्यामा संलग्नहरु पक्राउ गर्न सफल भएका हौं।”
प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ बस्ने २० वर्षीया एलिसा पाख्रिन, वडा नम्बर ४ बस्ने २४ वर्षका आशिष बल, २५ वर्षीय शशिल थापामगरर २१ वर्षीय बुद्ध लामा वडा नम्ब ९ बस्ने १८ वर्षीय सिमोन परियार रहेका छन्। उनीहरुको साथबाट प्रहरीले ओप्पो ब्राण्डको एक थान मोबाइलसमेत बरामद गरेको छ।
हत्या गरेर शव फाल्न प्रयोग गरिएको ना ६ ख ६५२७ नम्बरको ट्रक पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका मध्ये सिमोन परियार ट्रकका सहचालक रहेको खुल्न आएको छ।
उनले साहुलाई जानकारी नदिई ट्रक लिएर गएको र ट्रकको क्याबिनमा चारैजनाले अजितासँग यौनसम्पर्क राखेको अनुसन्धानको क्रममा पत्ता लागेको राठौरले बताए।
त्यसपछि पैसामा कुरा नमिलेपछि अजिताको हत्या गरिएको प्रहरीले बताएको छ।
यौनसम्पर्क पश्चात अजिताले पैसा मागेको र ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर उनलाई मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
थानाभर्याङमा नै हत्या गरेर शव ट्रकमा राखेर क्याम्पाडाँडा पुर्याएका थिए।
हत्यापछि अजिताले प्रयोग गर्ने एप्पो मोबाइल बुद्ध लामाले लगेका थिए। त्यसपछि बुद्धले उक्त मोबाइल आशिषलाई दिए। आशिषले भने मोबाइल आफूले नराखी आफ्नी पत्नी एलिसा प्राखिनलाई दिए।
२० माघमा उक्त मोबाइल एलिसाले अन गरेपछि प्र्रहरीले लोकेशन ट्र्याक गरेर उनलाई पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि क्रमशः हत्यामा संलग्न रहेका अन्य चारजनासमेत पक्राउ परेका हुन्।
प्रहरीले हत्यामा संलग्न रहेका अन्य २ जना फरार रहेको जनाएको छ। पक्राउ परेकामाथी प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।
" /> काठमाडौं। हेटौंडा उपमहानगरपालिका–११ की तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। भुजेलको शव ४ माघमा हेटौंडाकै क्याम्पडाँडामा भेटिएको थियो।जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज विहान पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको हो। अनुसन्धान शुरू गरेको १६ दिनपछि प्रहरीले अजिता हत्यामा संलग्न पक्राउ गर्न सफल भएको हो। अनुसन्धानमा सहयोग गर्न अपराध महाशाखाको टोलीसमेत खटिएको थियो।

">