एक लाख ५० हजार घुससहित भन्सार कार्यालयका नायव सुब्बा पक्राउ <p>काठमाडौं। जनकपुरधाम भन्सार कार्यालयमा कार्यरत् नायव सुब्बा अहमद रज्जा अन्&zwj;सारी डेढ लाख घुस रकमसहित पक्राउ परेका छन्।</p> <p>अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जटाइ छोटी भन्सारबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा अन्सारीलाई २० माघ साँझ पक्राउ गरेको हो।</p> <p>एक लाख ५० हजार घुस रकमसहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्