टी-ट्वान्टी विश्व बरीयतामा नेपाल १२औं स्थानमा यथावत

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी विश्व बरीयतामा नेपाल १२ औं स्थानमा यथावत रहेको छ।

२० माघमा आईसीसीले सार्वजनिक गरेको नयाँ बरीयताअनुसार नेपाल टी-ट्वान्टीतर्फ १२ औं स्थानमै रहन सफल भएको हो।

टी-ट्वान्टीमा नेपाल ११ औं स्थानसम्म पुगेको छ। टी-ट्वान्टीको विश्व बरीयतामा पाकिस्तान शीर्ष स्थानमा छ। अस्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा छन्।

टी-ट्वान्टीको खेलाडी बरीयताअन्तर्गत ब्याटीङतर्फ नेपालका पारस खड्का ६२ औं स्थानमा छन्। यसअघि उनी ६०औं स्थानमा थिए।

यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औं स्थानमा छन्। यसअघि सन्दीप ८३औं स्थानमा थिए।

अलराउण्डरतर्फ पारस २७ औं, सोमपाल कामी ६५औं स्थान तथा करण केसी ७५ औं स्थानमा छन्। रासस

प्रतिक्रिया दिनुहोस्